पर्सामा ३ किलो १२० ग्राम गाँजा जस्तो पदार्थसहित एक जना पक्राउ

11

पर्सा , १० पौष

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित सडकखण्डबाट लागुऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८२ पुस ९ गते दिउँसो करिब २ः१५ बजे इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा जगरनाथपुरबाट जानकीटोला तर्फ आउँदै गरेको BR 22 BL 0632 नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकल चालक भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, नरकटिया गाउँ वडा नं. ११ निवासी २६ वर्षीय सुमित कुमारको शरीर खानतलासी गर्दा प्लास्टिकले बेरेर लुकाइ राखिएको ३ किलो १२० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागुऔषध, मोटरसाइकल र भारतीय रुपैयाँ २६ हजार ५ सय नगदसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.