मधेशसमाचार

रौतहटमा बुहारी हत्या आरोपमा दुई जना कारागार चलान

रौतहट, ०९ पौष

रौतहटको बृन्दावन नगरपालिका–९ भुसाहा टोलमा १८ वर्षीया बुहारीको हत्या गरी शव घरभित्रै गाडेको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

अदालतले ७५ वर्षीय शेख महमद अली र उनका सहोदर दाइ शेख आश महमदलाई कारागार चलान गर्ने निर्णय गरेको हो। उनीहरू मृतक तरिमा खातुनका ससुरा पक्षका सदस्य हुन्। तरिमा खातुन गत मंसिर ८ गते रातिदेखि बेपत्ता थिइन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, मंसिर ९ गते बिहान गुजरा नगरपालिका–७ का शेख ताज महमदले आफ्नी छोरी लामो समयदेखि ससुरालीमा शारीरिक र मानसिक यातना भोग्दै आएको तथा सम्पर्कविहीन भएको जानकारी दिएका थिए। सूचना पाएर इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले ससुराली घरमा खोजतलास सुरु गरेको थियो।

खोजी क्रममा घरभित्र शंकास्पद अवस्था देखिएपछि थप अनुसन्धान गर्दा जमिन खन्ने क्रममा करिब पाँच फिट तल बोरा पोकोमा तरिमा खातुनको शव फेला परेको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न शेख महमद अली र शेख आश महमदलाई मंसिर १० गते पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो। अदालतले मंगलबार सुनुवाइपछि दुवै प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button