मधेशसमाचार

पर्साको धुतहा खोलानजिकबाट १ सय २० किलो गाँजा बरामद

हरिकिशोर शर्मा

पर्सा, १० पौष

पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा गाउँस्थित धुतहा खोलाको किनारबाट सशस्त्र प्रहरी बल, नेपालले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल भिओपी प्रसौनीभाठाबाट खटिएको गस्ती टोलीलाई देखेपछि केही व्यक्तिहरू नेपालबाट भारततर्फ लैजान तयारी अवस्थामा राखिएका आठ वटा प्लास्टिकका पोका छोडेर फरार भएका थिए। शंकास्पद अवस्थामा फेला परेका ती पोकाहरू जाँच गर्दा जम्मा १ सय २० किलो लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनका अनुसार सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण गर्न निगरानी तथा चेकजाँचलाई अझ कडाइ गरिएको छ। उनले अवैध गतिविधिविरुद्ध सशस्त्र प्रहरी निरन्तर सक्रिय रहेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button