जेन-जी आन्दोलनका क्रममा फरार दुई कैदी पक्राउ

पर्सा , १० पौष

जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कारागार, काठमाडौंबाट फरार भएका दुई जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाका आधारमा उनीहरूलाई वीरगंजबाट पक्राउ गरी कारागार बुझाएको जनाएको छ।

प्रहरीका अनुसार बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ५ निवासी वर्ष २५ का प्रदेशी भन्ने सुदामा पासवान कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए। उनी आन्दोलनका क्रममा फरार भएपछि २०८२ पुस १८ गते बिहान वीरगंज महानगरपालिका वडा नं. १५ क्षेत्रबाट पक्राउ परेका हुन्।

त्यसैगरी बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. २ निवासी वर्ष ३२ का विवेकलाल साह कानु चेक बाउन्स (बैङ्किङ कसुर) मुद्दामा उच्च अदालत पाटनको आदेशअनुसार धरौटी बुझाउन नसकी थुनामा रहेका थिए। उनी पनि आन्दोलनका क्रममा फरार भएपछि २०८२ पुस १८ गते साँझ वीरगञ्ज महानगरपालिका वडा नं. ९ क्षेत्रबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगंज कारागार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *