मधेशसमाचार

बरिष्ठ प्रहरी नायब निरीक्षक तमाङ्गले दिए ठुला तस्करीको लाइन, माथिल्लो निकाय मौन

बारा, १० पौष

बाराको ग्रामीण भेगमा पर्ने बलिरामपुर नाका हुँदै ठुला तस्करीको लाइन खुलेको छ । प्रहरीकै सहयोग र संरक्षणमा ठुला बडा तस्करीको लाइन धमाधम खुल्न थालिएको हो ।

प्रहरी चौकी बलिरामपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक सुरेन्द्र तमाङ्गको निर्देशन र सहकार्यमा धमाधम तस्करीको लाइन खुल्न थालिएको छ । ठुला बडा तस्करी लाइन बापत मासिक लाखौ रूपैया नजराना बुझे पश्चात् तस्करीको लाइन खुल्न थालिएको हो । सीमा नाकामा राजस्व छली नियन्त्रणका साथै शान्ति सुरक्षाको निम्ति खटिएका नेपाल प्रहरीले आर्थिक लोभमा लाभान्वित भए पश्चात् धमाधम तस्करीको लाइन खुल्न थालिएको स्थानीयहरू नै बताउछन । त्यति मात्र नभइ आर्थिक कलेक्सनको निम्ति प्रहरी चौकी बलिरामपुर मुसहर्वाका प्रमुख तमाङ्गले घुमुवा नै खटाइएको पाइन्छ । तस्करीको रकम उठाउन प्रहरी जवान धनुष यादवलाइ परिचालन गरिएको छ भने घुमुवा यादव खटिन लगतै ठुला बडा तस्करीको लाइन सुरू भएको पाइन्छ ।

एक जना प्रहरी श्रोतका अनुसार बलिरामपुर नाका हुँदै दर्जनौ ठुला बडा तस्करीको लाइन संचालनमा आएको छ । बलिरामपुर नाका हुँदै राहुल चौरसिया र जटाशन्कर चौरसियाले कपडा तस्करीको लाइन पाएका छन भने प्रेम साहले स्पेयर पार्टसको साथै कम्प्यूटर पार्टस तस्करीको लाइन पाउन सफल भएका हुन । त्यसैगरी सन्तोष र अर्जुन यादवले मेसिनरी समाग्रीका साथै हार्डवेयर तस्करीको लाइन पाएका छन । तबारक मिया र नाजिर भनिने ठुला तस्करले काजु, चिनी र कपडा तस्करीको लाइन पाएको प्रहरी श्रोत नै बताउछन ।

श्रोतका अनुसार तस्करीको लाइन खोल्न नेपाल प्रहरीको तर्फबाट मात्र सम्भव न भएकै कारण बोर्डर आउट पोस्ट साइट क्याम्प बलिरामपुरका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक सुर्य रेगमीलाइ समेत तस्करहरूको मुख्य नाइकेहरूले मोटो रकम बुझाए पश्चात् तस्करीको लाइन खोल्न सफल भइएको बताउछन । उनका अनुसार केही भ्रष्ट र आर्थिक लोभका कर्मचारीहरूका कारण प्रहरी संगठन माथी नै औला उठल थालिएको दुखेसो पोखे । आफुहरू साना दर्जाका कर्मचारी भएकै कारण ठुला बडा तस्करीको लाइन रोक्न नसकिएको दुखेसो पोखे ।

तस्करीको लाइन खोलन र तस्करीको लाइन बन्द गर्न प्रहरीको ठूलो भुमिका हुने गरेको यो घटनाले प्रमानित समेत गरेको छ । बिहानदेखि बेलुका मात्र नभइ रातिको निस्पठ अन्ध्यारोमा समेत तस्करीको लाइन चल्ने गरेको जिल्लको एक मात्र नमुना नाकाको रूपमा बलिरामपुर नाकालाइ लिन सकिन्छ ।

यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पन्डित सङ्ग बुझन खोज्दा बिदामा भएको कारण प्रतिक्रिया आउन पाएन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button