मधेशसमाचार

जाडो छल्न लेखापढी समिति बारा–कलैया द्वारा दाउरा वितरण

उपेन्द्र पासवान

बारा , १४ पौष

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, बारा–कलैयाले बढ्दो चिसोलाई मध्यनजर गर्दै भूमि सुधार तथा मालपोत कार्यालय, कलैया बारा परिसरमा आएका सेवाग्राहीहरूका लागि जाडो छल्न दाउराको व्यवस्था गरी वितरण गरेको छ।

कठ्याङ्ग्रिँदो जाडोका कारण चिसोबाट बच्न दाउराको व्यवस्था गरिएपछि सेवाग्राहीहरू खुशी भएका छन्। सेवाग्राहीहरूको सुविधाका लागि नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा–कलैयाले प्रत्येक वर्ष गर्मीको समयमा पंखा र जाडोको समयमा दाउराको व्यवस्था गर्दै आएको अध्यक्ष बृजकिशोर यादव (भगत जी)ले जानकारी दिएका छन्।

लेखापढी समितिद्वारा सेवाग्राहीहरूका लागि जाडो छल्न दाउराको व्यवस्था गरिएकोमा भूमि सुधार तथा मालपोत कार्यालय, बारा–कलैयाका सूचना अधिकारी सागर कुमार साहले समितिलाई धन्यवाद ज्ञापन गरेका छन्।

उक्त कार्यक्रममा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा–कलैयाका सचिव दिनेश पटेल, समन्वय समिति अध्यक्ष पननालाल कुशवाहा, प्रदेश सदस्य जितनारायण पटेल, सदस्य नरेन्द्र तिवारी, लेखापढी व्यवसायीहरू, सेवाग्राहीहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button