
रौतहट , १७ पौष
नेपाल सरकारको निर्णय विरुद्ध रौतहटको उद्योगी व्यवसायीहरुको पीडा मर्कालाई मनन गर्दै सर्वपक्षिय एवं सर्वदलिय पक्षद्वारा आन्दोलनको तेश्रो दिन सदरमुकाम गौर स्थित करदाता सेवा कार्यालयमा ताल्चा लगाएर विरोध जनाएका छन् ।
नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीको नेतृत्वमा सर्वदलिय एवं सर्वपक्षिय पक्षसंग उद्योगी व्यवसायीहरु बुधवार विहानको समयमा करदाता सेवा कार्यालय गौरमा ताल्चा लगाईएको हो ।
गौरमा रहेका करदाता सेवा कार्यालयलाई बाराको सिमरामा स्थानान्तरण गर्ने नेपाल सरकारको निर्णय विरुद्ध उद्योगी व्यवसायीहरुलाई यहाँका नागरिक समाज, राजनीतिक दल, निर्माण व्यवसायी संघले साथ दिई प्रदर्शनमा सघाइरहेको हो ।
नागरिक समाजका अध्यक्ष केसरीको नेतृत्वमा संघर्षका कार्यक्रममा अघि बढाइएको उद्योग वाणिज्य संघ रौतहटका महासचिव सन्तोष केसरीले जानकारी दिए । बुधबार अंग्रेजी नयाँ बर्ष रहेको हुँदा भोली कुनैपनि विरोधका कार्यक्रम नभएको शुक्रवार देखि विरोध कार्यक्रम जारी रहने उनले जनाए ।



