मधेशसमाचार

ठोरी गाउँपालिकाको १४औँ अधिवेशन सम्पन्न

ठोरी गाउँपालिकाको १४औँ अधिवेशन सम्पन्न
कलैया, १८ पौष
ठोरी गाउँपालिकाको चौधौँ अधिवेशन बिहीबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साकी सदस्य शुशिला विक रहनु भएको थियो।
अधिवेशनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार चौधरीले स्वागत मन्तव्य राख्दै गाउँपालिकाले हालसम्म गरेका काम, उपलब्धि र भावी योजनाबारे संक्षिप्त जानकारी गराउनुभयो। कार्यक्रममा कार्यपालिका सदस्य फुलमाया दर्जी, वडा अध्यक्षहरू अमृतकृष्ण सापकोटा र अष्टबहादुर लोप्चन, उपाध्यक्ष गोकुली रेग्मी तथा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले आ–आफ्नो धारणा राख्दै स्थानीय तहलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिनुभयो।
वक्ताहरूले स्थानीय विकास, सेवा प्रवाहको सुदृढीकरण, सुशासन तथा जनमुखी कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए। साथै, जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयले गाउँपालिकाको विकास यात्रालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।
सर्वसम्मत रूपमा विभिन्न प्रस्तावहरू पारित गर्दै सम्पन्न चौधौँ अधिवेशनमा गाउँकार्यपालिकाका सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो। अधिवेशनले आगामी दिनमा ठोरी गाउँपालिकाको विकास र प्रशासनिक सुधारका लागि महत्वपूर्ण दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button