मधेशसमाचार

विश्रामपुर गाउँपालिकाका अधिवक्ता अजय स्वर्णकारको निधन, पालिकामा शोक विदा

बारा , २२ पौष
 विश्रामपुर गाउँपालिका–१, कल्याणपुर टोल निवासी तथा विश्रामपुर गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा अधिवक्ताको रूपमा कार्यरत अजय स्वर्णकारको मंगलबार असामयिक निधन भएको छ।
मिति २०८२/०९/२२ गते भएको उनको निधनप्रति विश्रामपुर गाउँपालिका परिवार अत्यन्त मर्माहत भएको जनाउँदै पालिकाले शोक विदा सम्बन्धी सूचना सार्वजनिक गरेको छ। स्वर्णकारलाई एक शालिन, इमानदार तथा कुशल कर्मचारीका रूपमा स्मरण गर्दै गाउँपालिकाले उनको योगदानको उच्च मूल्याङ्कन गरेको छ।
यस दुःखद घटनाप्रति गाउँपालिकाले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
स्व. स्वर्णकारको निधनको शोकमा मिति २०८२/०९/२२ गते मंगलबार अर्थात् आज गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्थाहरू तथा स्वास्थ्य चौकी कार्यालयहरू बन्द रहने जनाइएको छ। यद्यपि, इमरजेन्सी सेवा र बर्थिङ सेन्टर भने सञ्चालनमा रहने सूचनामा उल्लेख छ।
शोक विदासम्बन्धी उक्त सूचना गाउँपालिकाका अध्यक्ष जुल्फिकार अली भुट्टोद्वारा हस्ताक्षरित गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button