मधेशसमाचार

जन अधिकार पार्टीले बारा जिल्लामा कार्यसमिति गठन, संजय सहनी अध्यक्ष चयन

जन अधिकार पार्टीले बारा जिल्लामा कार्यसमिति गठन, संजय सहनी अध्यक्ष चयन

बारा, २६ पौष

जन अधिकार पार्टीले बारा जिल्लामा आफ्नो जिल्ला कार्यसमिति गठन गर्दै जिल्लामा पार्टी विस्तार गरेको छ। जिल्लाको सदरमुकाम कलैया स्थित होटेल करण राज प्यालेसमा आयोजित कार्यक्रममा संजय सहनीलाई पार्टी प्रवेश गराउँदै बारा जिल्लाको अध्यक्षमा चयन गरिएको छ।

कार्यक्रममा बारा जिल्लाका सयौं जनाले पार्टी प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा सहभागी नेताहरूले आगामी निर्वाचनमा युवाहरूको सक्रिय सहभागिता र देशको विकासमा उनीहरूको योगदान अपरिहार्य रहेको उल्लेख गरेका छन्। अध्यक्ष संजय सहनीले पनि अबको आउँदो चुनावमा युवाहरूले बढीभन्दा बढी उम्मेदवारी दिएर देशको लागि आफ्नो महत्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष डा. शरद सिंह यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए। यसअघि संजय सहनी जनमत पार्टीमा आबद्ध थिए। कार्यक्रमको अध्यक्षता संजय सहनीले गरेका थिए भने कार्यक्रममा केन्द्रीय नेता संजय यादव, किरण साह, पर्सा जिल्ला अध्यक्ष गगनदेव यादव लगायतको पनि उपस्थिति रहेको थियो।

जन अधिकार पार्टीले जिल्लामा आफ्नो संगठन मजबुत बनाउँदै आगामी निर्वाचनमा प्रभावकारी रूपमा भूमिका निर्वाह गर्ने योजना बनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button