वडा अध्यक्ष मिश्रद्वारा नि:शुल्क आँखा शिविर तथा कम्बल वितरण

20

पर्सा, २७ पौष / बिरगंज महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष शम्भु मिश्रले नि:शुल्क आँखा शिविरको आयोजना गर्नुका साथै बिरामीहरूलाई कम्बल वितरण गर्नुभएको छ।

मोतियाबिन्दुका कारण लामो समयदेखि पीडा भोगिरहेका स्थानीयहरूका लागि बिरगंज सामुदायिक आँखा केन्द्रसँग सहकार्य गर्दै नि:शुल्क शल्यक्रियाको व्यवस्था गरिएको वडा अध्यक्ष मिश्रले जानकारी दिनुभयो ।

उक्त शिविरमार्फत ३८ जना मोतियाबिन्दुका बिरामीहरूको नि:शुल्क शल्यक्रिया सम्पन्न गरिएको छ। शल्यक्रियापछि बिरामीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै वडा अध्यक्ष मिश्रद्वारा कम्बल समेत वितरण गरिएको थियो ।

स्थानीय तहबाट जनस्वास्थ्यलाई प्राथमिकतामा राखी यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिइने वडा अध्यक्ष मिश्रले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.