मधेशसमाचार

कटहरियामा करार कर्मचारीलाई तलब दिन मेयरले जनाए प्रतिवद्वता

रूपेश यादव

रौतहट २७ पाैष

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा बिगत केही महिना देखि आन्दोलनरत करारको कर्मचारीहरुलाइ एक हप्ता भित्र तलब भत्ता उपलब्ध गराइने निर्णय गरेको छ।

आइतबार बसेको कार्यपालिका बैठक बाट करारको कर्मचारीहरुलाइ बाकी बक्यौता रहेको तलब भत्ता एक हप्ता भित्र उपलब्ध गराउन निर्णय भएको कटहरिया नगरपालिकाको मेयर अजयप्रकाश जयसवालले बताए । कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले केही महिना देखि आन्दोलित थिए । तलबभत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्ट कर्मचारीहरूले कार्तिक देखि नै नगरपालिका मातहतका वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय तथा नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

कर्मचारीहरूले विगतमा गरेको आन्दोलनका क्रममा दिपावली र छठ पर्व अगावै बाँकी तलबभत्ता भुक्तानी गर्ने नगरपालिकाको लिखित आश्वासन कार्यान्वयन नहुँदा पुनः आन्दोलनमा उत्रिनुपरेको कर्मचारीहरुले बताएका छन् । उनीहरूको भनाइमा लामो समयदेखि सेवा दिँदै आए पनि पारिश्रमिक नपाउँदा दैनिक जीवन नै प्रभावित भएको बताउदै आएको थियो । आइतबार बसेको कार्यपालिका बैठक बाट कटहरिया नगरपालिका -२ हथियाहीको चट्याङ पीडितलाई रु. १ लाख ५० हजार र बाबा ज्योति डिस्टिलरीको बोआइलर बिष्फोट् हुदा मृत्यु भएको पीडित परिवारलाई १ लाख५० हजार राहत सहयोग उपलब्ध गराउने मेयर अजयप्रकाश जयसवालले बताए ।

हालमा आएकाे प्रमुख प्रशासकीय अधिकृत मधुरेन्द्र चा‌ैधरीका भुमिका संतोषजनक रहेको बताउनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button