रूपेश यादव
बारा ,२९ पाैष
करैयामाई गाउँ पालिकामा थारु माघि सांस्कृतिक महाेत्सव आजदेखि माघ ३ गते सम्म लाग्ने भएको छ।
साेमबारका दिन सांस्कृतिक हुने ईमली पर्तीमा सहयोगी समितिहरुद्वारा पत्रकार सम्मेलनकाे आयाेजना गरेर महाेत्सवकाे तालिका बारे सार्वजनिक गरिएको हाे।
कार्यक्रममा थारु कार्यकारिणी सभा बारा करैयामाई गाउँपालिका प्रमुख शम्भु प्रसाद यादव, उपमेयर सुनैना देवी चाैधरी, सभापति रामप्रसाद चाैधरी, काेषाध्यक्ष बासु चाैधरी, उपाध्यक्ष अनिल चाैधरी, सचिव यादव कृष्ण चाैधरी , संजय चाैधरी,तपेश्वर राय , पुर्व जिल्ला विरेन्द्र चाैधरी , उपसभापति लक्ष्मीकान्त चाैधरी, जिल्ला सदस्य संजय चाैधरी, मन्जु चाैधरी, , वडा नम्बर २ वडा अध्यक्ष सुरेन्द्र प्रसाद चाैधरी, मुल समिति सचिव , तेजनराय चाैधरी लगाएतका ब्यक्तिहरुले सांस्कृतिक बारे जानकारी दिनु भएकाे थियोे।
थारु सामुदायहरुकाे लाया बर्ष २६४९ थारू माघ सांस्कृतिक महाेत्सव २०८२ बारे स्पष्ट पार्नु भएको थियो।
२००५ सालमा गठन समाजिक सुधार भए कला, सांस्कृतिक , आर्थिक , शैक्षिक उन्नतिकाे उदेश्यले याे कार्यक्रम आयाेजना हुदै आएको बताउँछन्।
कार्यक्रममा मुल प्रायाेजक करैयामाई गाउँपालिकाले ८ लाख सहयोग गर्ने गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले बताउनु भयो। सहप्रायाेजक काेल्हबी नगरपालिकाले १ लाख ५० हजार र करैयामाई वडा नम्बर ३ बाट ३ लाख रुपैया र ७५ हजार गरी १३ लाख सहयोग हुने बताए।
कार्यक्रम १ गते उद्घाटन समारोह हुने भएको हाेेे , २ गते अन्जु कुश्मी, ३ गते शेरजंग नवलपरासी बाट आफ्नो थारु पहिरनमा कला प्रस्तुत गर्न आउदै छन।
समारोहमा थारू भेसभुषा, खाना, रितिरिवाज पहिरनमा आउने केन्द्रीय अध्यक्षले बताउँछन्।
कार्यक्रम भव्य र सभ्य बनाउन प्रत्येक गाउँ गाउँबाट दुुई जना भन्दा बढी स्वयंसेवक परिचालन गरिने समेत जनाए।
मुलदान:- तेजनरायण चाैधरी, मंच व्यवस्थापन , खानेपानी व्यवस्थापन प्रवक्ता अजय चाधरी रहने भएका छन।
यस समारोहमा भाेजपुरी गायक गायिकाहरुलाई प्रतिबन्धित गरी मात्र थारु कलाकारहरुलाई प्राथमिकतामा राखिने बताए।
महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाच) सहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतको प्रस्तुती रहने उनले बताए ।
महोत्सवमा थारू जातिले माघीपर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारू, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा, मसुलार) समेत रहनेछन् ।
थारु समूदायले माघिलाई नयाँ वर्षको रुपमा मनाउँदै आएको छ ।