मधेशसमाचार

पर्सामा ३५० लिटर घरेलु मदिरासहित गाडी र चालक पक्राउ

पर्सा , २९ पौष

जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा घरेलु मदिरा बोकेको गाडीसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार आईतबार साँझ करिब ४ः०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नम्बर २१ परवानीपुर सडकखण्डमा चेकजाँचको क्रममा उक्त सफलता प्राप्त भएको हो।

वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना.१ ज ४८८८ नम्बरको हाईस गाडीलाई रोकी चेकजाँच गर्दा गाडीभित्र तयारी घरेलु मदिरा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। चेकजाँचका क्रममा गाडीभित्र विभिन्न भाँडामा राखिएको ३५० लिटर घरेलु मदिरा बरामद गरिएको हो।

प्रहरीले उक्त गाडीका चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ०२ बस्ने वर्ष २८ का मनोज कुमार थिङलाई नियन्त्रणमा लिएको जनाएको छ। बरामद घरेलु मदिरा तथा गाडीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय घडिअर्वामा बुझाइएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साले प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत दिएका छन्।

प्रहरीले अवैध मदिरा उत्पादन, ओसारपसार तथा बिक्री वितरण नियन्त्रणका लागि नियमित चेकजाँचलाई अझ कडा बनाइएको जनाएको छ। साथै यस्ता गैरकानुनी गतिविधिबारे सूचना दिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button