मधेशसमाचार

पर्सामा लागुऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

पर्सा, २९ पौष

जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा आईतबार अपराह्न करिब १ः०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नम्बर १४ स्थित गण्डक चौक आसपास सवारी साधन तथा पैदल यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा उक्त व्यक्ति पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले साइकलमा सवार एक व्यक्तिलाई शंकास्पद अवस्थामा रोकी जाँच गर्दा निजको कम्मरभन्दा माथिल्लो शरीरमा कालो रंगको प्लास्टिक भित्र लुकाइ राखिएको सेतो टेपले बेरेको लागुऔषध गाँजा जस्तो देखिने पदार्थ फेला पारेको हो।

प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहि बस्ने वर्ष ४५ का राम सुरेश सहनीलाई नियन्त्रणमा लिएको जानकारी दिईएको छ। उनको साथबाट ४ के.जी. ५० ग्राम लागुऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

पक्राउ परेका व्यक्ति तथा बरामद लागुऔषधसहित थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीले लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि नियमित रूपमा चेकजाँच र निगरानीलाई कडा बनाइएको समेत स्पष्ट पारेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button