मधेशसमाचार

हनुमान चालीसा पाठले भक्तिमय बन्यो बौधिमाई मन्दिर परिसर

वीरगंज, २९ पौष

विश्व हिन्दु परिषद् नेपाल, वीरगंज महानगर अन्तर्गत सत्सङ्ग प्रमुख चन्दन वर्णवालको नेतृत्वमा आज वीरगंज महानगरपालिका वडा नं. १० स्थित अशोक वाटिकामा रहेको बौधिमाई मन्दिरको प्राङ्गनमा विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय श्रद्धालुहरूको विश्वास अनुसार मन्दिर परिसरमा रहेको आँपको रुखमा साक्षात् भगवान् हनुमानजी प्रकट हुनुभएको भन्ने मान्यता फैलिन थालेपछि यहाँ भक्तजनहरूको उल्लेख्य भीड देखिएको थियो। उक्त विश्वासपछि वीरगंज सहित आसपासका क्षेत्रबाट आएका युवाहरू तथा श्रद्धालुहरूको सहभागिता उल्लेखनीय रहेको थियो।

कार्यक्रमका क्रममा भक्तजनहरूले श्रीरामको स्तुति गर्दै सामूहिक रूपमा हनुमान चालीसाको पाठ गरेका थिए। “जय श्रीराम” र “जय जय हनुमान जी” का जयघोषले सम्पूर्ण मन्दिर परिसर भक्तिमय बनेको थियो।

धार्मिक आस्था र विश्वाससँग जोडिएको यस घटनाले स्थानीय समुदायमा आध्यात्मिक ऊर्जा थपिएको आयोजकहरूले बताएका छन्। श्रद्धालुहरूको भीड बढ्दै गएपछि शान्ति, मर्यादा र सुरक्षालाई ध्यानमा राख्दै कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न गरिएको विश्व हिन्दु परिषद् नेपालले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button