मधेशसमाचार

शिक्षा शाखाद्वारा बिधालयहरुमा तिव्र अनुगमन

 

रूपेश यादव

राैतहट, ३० पाैष

राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाकाे शिक्षा शाखाले उदाहरणीय कार्य गर्दै आएकाे देखिन्छ।

आज मंगलबारका दिन अनुगमनको क्रममा फतुवा बिजयपुर नगरपालिकामा शिक्षाको जिम्मेवारी पाए देखि नै मुकेश साह एक्सनमा आएको प्रष्टै देखिन्छ ।

तीन वर्षमा न भएको सुधार ३ महिनामा नै गरेर देखाउने साहकाे उदेश्य रहेको बताउछ।

“शिक्षा क्षेत्र सबैको सरोकारको विषय बनेको वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा धेरै किसिमका समस्या आएपछि शिक्षा सुधार भए मात्र देश सुधार हुने उदेश्यले शिक्षा क्षेत्रमा थप व्यवस्थापन गराउन लागि परेकाे बताए।

शिक्षा सामाजिक तथा आर्थिक रुपान्तरणको मुल आधार हो । शिक्षालाई गुणस्तरीय नबनाए सम्म देश पिछडिएको हुन्छ । त्यैसैले देश विकासको आधारशिला खडा गर्नु आजको आवश्यकता हो । नेपालको सन्दर्भमा विद्यालय शिक्षाको व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय सरकारको रहेको स्पष्टै देखिन्छ ।

 

स्थानीय सरकार सञ्चालनमा आएपश्चात देखिएका केहि हालको सामुदायिक विद्यालय तथा निजी बधालयमा शिक्षाको शैक्षिक सुचांकको आधारमा विश्लेषण गर्ने हो भने विद्यालय तहको शिक्षामा पहुँचका आधारमा उल्लेखनीय प्रगती हासिल नेपालले गरिरहेको परिवेशमा विद्यार्थी सिकाइ तथा त्यसको गुणस्तरमा भने अपेक्षाकृत नतिजा हासिल नभइरहेको सबैलाई अवगत नै हाे।

 

अनुगमनकाे क्रममा श्री जनता आधारभुत बिधालय लक्ष्मीनिया दाे. भैसही, श्री शहिद आधारभुत भैसहीमा, श्री बाल सदन सामुदायिक बिधालय दुधिअवाका शैक्षिक व्यवस्थापन, शिक्षामा कमीकमजोरी तथा गुणस्तरीय दिवाखाजा बारे अनुगमन गरेका छन । त्यसत‌ै भैसहीमा नै रहेको धार्मिक बिधालय मदरसामा अनुगमन गर्न जादा त्याहा एउटा पनि शिक्षक तथा बिधार्थीहरु नरहेको शिक्षा शाखा प्रमुख जानकारी दिनु भयाे।

अनुगमनकाे क्रममा शिक्षा शाखा प्रमुख मुकेश साह, विवेक प्रसाद यादव , लगाएत सञ्चारकर्मीहरुकाे उपस्थिति रहनु भएको थियोे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button