पर्सा, ०३ माघ
नेपाल र भारतको सीमावर्ती क्षेत्रमा पर्ने अलौ नाका हालको समयमा तस्करहरूले कब्जा गर्दै तस्करी धन्दालाइ सुचारू गरेको पाइन्छ । तस्करी गर्ने तस्कर समुहका मुख्य नाइकेहरू सीमामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मासिक रूपमै नजराना बुझाए पश्चात् सहजै तस्करी गर्न पाएका हुन ।
एक जना प्रहरी श्रोतका अनुसार बिगत लामो समयदेखी बन्द रहेको अलौ नाका हालको समयमा कब्जा नै गरेको जस्तो अभास हुन थालेको बताए । उनका अनुसार सीमामा खटिएका प्रहरीलाई बेवास्ता समेत गर्ने गरेको बताउदै माथिल्लो निकायबाट तस्करीको सेन्डिगेट मिलेको कारण प्रहरी जवान र हललदारलाइ बेवास्ता गरेको हुन सक्ने आरोप समेत उनले लगाए । तस्करी नियन्त्रण गर्न खोज्दा हाकिमकै गाली खानु परेकोले तस्करी गर्ने गिरोहका मुख्य नाइकेहरू बेवास्ता गरेको हुन सक्ने आक्लन समेत गरे ।
चोरी तस्करी नियन्त्रणका साथै सीमा नाकालाइ सुरक्षाको निम्ति खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै प्रमुखहरू मुखदर्शक भए पश्चात् तस्करी धन्दा मौलाएको हुन सक्ने आकलन स्थानीयहरूले लगाएका छन । स्थानीयगरूका अनुसार प्रहरी आफ्नो दायित्वबाट टाढिदै गएको छ, आफ्नो जिम्मेवारीबाट पन्छिन मात्र होइन मासिक नजराना बुझे पश्चात् प्रहरीहरू नै तस्करी धन्दा गराउन थालेको, उनले बताए । प्रहरीले चाहेको भए मन्दिरबाट एउटा चप्प्ल चोरी हुन सक्दैन तर अलौ नाकामा प्रहरीकै सङ्गलन्तामा दैनिक लाखौको राजस्व चोरी हुँदै आएको स्थानीयले आरोप लगाए ।
राजस्व छल्नेहरूको क्रम संख्या बढ्दै गएपनी स्थानीय प्रहरीका साथै वडा प्रहरी कार्यालय श्रीपुर समेत मौन धारण गरेको पाइन्छ । अपराध नियन्त्रण गर्ने बहाना बनाउदै सादा पोशाकमा टोलि परिचालन गरिन्छ तर खासमा सादा पोशाकमा खटिने घुमुवाहरूको काम कारवाही मात्र तस्करी धन्दा सङ्ग आर्थिक संकलनमै सिमित हुन्छ । चाहे त्यो तस्करी धन्दा होस, चाहे कुनै किसिमको मुद्दा नै आर्थिक संकलन गर्न सादा पोशाकमा खटिने प्रहरीले नै गर्ने गरेको श्रोतको दाबी छ ।
अलौ नाकाबाट बिगत लामो समयदेखी तस्करी धन्दा हुन पाएको थिएन, प्रहरीको सेन्डिगेट नमिले पश्चात् तस्करी धन्दा सुचारू गर्न पाएका थिएन्न तर नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेन्डिगेट मिले पश्चात् रातभरी तस्करी धन्दा सुचारू भएको पाइन्छ, एक स्थानीयले भने । यता यस बिषयमा पर्सा प्रहरीले आफ्नो मातहातमा पर्ने सबै नाकामा व्यापक कडा निगरानी बढाएको दाबी गरिरहेपनी तस्करीका मालसमान सहजै रूपले अबैध तरिकाले नेपाल भित्रिन सफल भएको छ ।