मधेशसमाचार

जन अधिकार पार्टीबाट बारा–२ मा अमरेश कुमार (सोनु) पाण्डेको उम्मेदवारी दर्ता

जन अधिकार पार्टीबाट बारा–२ मा अमरेश कुमार (सोनु) पाण्डेको उम्मेदवारी दर्ता

बारा ,०६ माघ

जन अधिकार पार्टीका नेता तथा बारा जिल्लाका चर्चित पत्रकार अमरेश कुमार (सोनु) पाण्डेले मङ्गलबार बारा–२ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले भने:”नयाँ संकल्प, नयाँ उर्जा र समृद्धिको प्रतिवद्धता! यो मनोनयन केवल एउटा औपचारिक प्रक्रिया होइन, बरु हाम्रो क्षेत्रको चौतर्फी विकास, न्याय, र आम नागरिकको आवाज संसदमा बुलन्द गर्ने एउटा साझा अठोट हो। विगतको अनुभव र भविष्यको स्पष्ट मार्गचित्रका साथ हामी विकास र समृद्धिको नयाँ अध्याय सुरु गर्न तयार छौँ।”

उहाँले थपे कि यहाँहरूको माया, अटुट विश्वास र अमूल्य समर्थनले विजयी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। उनले सबै क्षेत्रवासीहरूलाई सुशासन र प्रगतिपथमा एकजुट भएर सहभागी हुन आग्रह पनि गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button