सहज सेवा दिन कलैयामा सन्चालनमा आयो ईमान होलिडेयज टुर्स एन्ड ट्राभल्स 

साजिर मन्सूर

कलैया, १० माघ

सहज सेवा उपलब्ध गराउन कलैयामा आजदेखि ईमान होलिडेयज टुर्स एन्ड ट्राभल्स सन्चालनमा आएको छ । भरत चौक देखि दक्षिण पट्टी सन्चालनमा आएको ट्राभल्सले यात्रु तथा वैदेशिक रोजगारीमा जान चाहने सेवाग्राहीलाई लक्षित गर्दै छिटो, सहज र विश्वासिलो सेवा प्रदान गर्ने उदेश्य सहित सन्चालनमा ल्याईएको सन्चालक मुन्ना अन्सारी ले जनाए ।

एम.डी. मुन्ना अन्सारीले ट्राभल्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ,कुनै पनि देशका लागि सहज भिजिट भिसा सेवा,वैदेशिक रोजगारी (श्रम) सम्बन्धी सम्पूर्ण प्रक्रिया,भारतको लागि रेल टिकट बुकिङ सेवा लगायतका सुविधा एकै स्थानबाट उपलब्ध गराईने जानकारी गराए ।

ईमान होलिडेयजले इमान्दारिता, पारदर्शिता र सेवाग्राही सन्तुष्टिलाई प्राथमिकतामा राख्दै काम गर्ने लक्ष्य लिएको सन्चालक मुन्ना अन्सारीले सबैलाई सेवा लिने अवसर उपयोग गर्न आग्रह गरेका छन ।

अन्सारीले यहाबाट विभिन्न ठाउमा घुम्ने अल नेपाल टुर प्याकेज,माउन्टेन फ्लाईट,मुक्तिनाथ यात्रा,मनकामना दर्शन,मानसरोवर यात्रा,जङल सफारी लगायतका सुबिधा समेत उपलव्ध रहेको जनाएका छन ।

स्थानीय स्तरमै गुणस्तरीय ट्राभल सेवा उपलब्ध भएपछि सेवाग्राहीहरू समेत सन्तुष्ट भएको आजै वैदेशिक रोजगारीका लागि श्रमको काम गराउन आएका युवा एमडी नयीम नौसादले भने ।

यता उदघाटनको अवसरमा बोल्दै मुस्लिम संघ बाराका अध्यक्ष हाजी अब्दुल रहमानले कलैयामै सबै सेवा सहज पाईने भएपछि यस भेगका सेवाग्राहीलाई अत्यन्तै सजिलो भएको बताए ।

बाराका चर्चित लोकप्रिय समाज सेवि हाजी महमद सगिरले समेत ट्राभल्सले बाहिर जाने समस्या को अन्त्य सहित समय बचत,पैसाको बचत र झन्झटिलो प्रक्रिया को अन्त्य भएको जिकिर गरेका छन ।

उदघाटन समारोहमा बाराका विभिन्न छेत्रका अगुवाहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *