मधेशसमाचार

फरमुल्लाह मन्सुर घरदैलो अभियानमा सक्रिय, काँग्रेस संगठन चुस्त–दुरुस्त बनाउने प्रयास

फरमुल्लाह मन्सुर घरदैलो अभियानमा सक्रिय, काँग्रेस संगठन चुस्त–दुरुस्त बनाउने प्रयास

कलैया, ११ माघ

नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बारा क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार फरमुल्लाह मन्सुरले घरदैलो अभियानलाई तीव्र बनाउँदै पार्टी संगठनलाई चुस्त–दुरुस्त बनाउने अभियानमा सक्रियता बढाएका छन्।

आगामी निर्वाचनलाई लक्षित गर्दै मन्सुरले आज बिहान कलैया उपमहानगरपालिका वडा नं. १४ का काँग्रेसका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन्। उक्त भेटमा उनले संगठनको अवस्था, चुनावी रणनीति र मतदातासँग प्रभावकारी रूपमा पुग्ने विषयमा विस्तृत छलफल गरेका थिए।

भेटघाटका क्रममा मन्सुरले लोकतन्त्र, संविधानको रक्षा, समावेशी विकास र जनताका दैनिकीसँग जोडिएका मुद्दालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाउन कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले घरदैलो अभियानमार्फत जनताको गुनासो, समस्या र अपेक्षा प्रत्यक्ष रूपमा संकलन गर्दै त्यसलाई आफ्नो चुनावी प्रतिबद्धतामा समेट्ने बताए।

स्थानीय नेता तथा कार्यकर्ताहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, खानेपानीलगायत क्षेत्रका समस्या उठाउँदै ती विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए। मन्सुरले जनताका आवाज नै आफ्नो चुनावी एजेन्डाको आधार हुने स्पष्ट पारेका छन्।

काँग्रेस स्रोतका अनुसार, मन्सुर आगामी दिनमा बारा क्षेत्र नं. ३ अन्तर्गतका अन्य वडाहरूमा समेत घरदैलो अभियान र कार्यकर्ता भेटघाटलाई निरन्तरता दिने तयारीमा छन्। पार्टी संगठन सुदृढीकरण र जनतासँग प्रत्यक्ष सम्पर्कलाई काँग्रेसको मुख्य चुनावी रणनीतिका रूपमा अघि सारिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button