राैतहट निर्वाचन क्षेत्र नम्बर -३ मा महिला उम्मेदवार पुनम यादव घरदैलोमा व्यस्त

45

रूपेश यादव

राैतहट , १३ माघ

फाल्गुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भईरहेकाे छ । मनोनयन सम्पन्न भएपछि उम्मेदवारहरु मतदाता रिझाउने कार्य सुरु गरेसंगै चुनाबी सरगर्मी व्यापक बढेको छ । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा पुनम यादव उम्मेदवार बनेकी छन् । महिला उम्मेदवारको रूपमा उनको उम्मेदवारीले स्थानीय राजनीतिमा महिला सहभागिता र नेतृत्वको विषयलाई लिएर चर्चा सुरु भईरहेका छन ।

उम्मेदवारी दर्ता गराए संगै यादवले रोजगारी, शिक्षा , खानेपानी , ढल व्यवस्थापन स्वास्थ्य लगाएत आफ्नो प्राथमिक एजेन्डा बनाउने जानकारी गराई ।

मेराे जन्म धर्ती यसै निर्वाचन क्षेत्रमा भएकोले यसै क्षेत्र नम्बर ३ बाट आफु उम्मेदवारी दिएकी छु।

आफु यस क्षेत्र बाट केही लिएर जाने हाेईन , यहाकाे बिकृती बिसंगतीलाई निर्मल पार्न आएछु।

यहाका १५ हजार युवालाई राेजगारी दिनेछु, यसक्षेत्रमा बर्षाै देखि एउटा पनि मेडिकल हस्पिटल नरहेको र बिगतका नेताहरुले मात्र जरा गाडेर बसेकाेले आफु सबै काम पुरा गर्ने बताईन।

अहिलेकाे परिस्थितिमा युवाहरुले राेजगारीकाे सिलसिलामा बिदेश गईरहेकाेले आफु ठुलो ईनडष्ट्रिज संचालन गराई देशमै राजगारी सिर्जना गराउने बताईन।

सामाजिक र सांस्कृतिक गतिविधिप्रति चासो राख्ने यादव बलिउडका सेलिब्रेटी तथा सन्त–महन्तहरूसँगको लगावका कारण पनि चर्चामा रहेकी छन् । अन्याय र भ्रष्टाचार बिरुद्धकाे सवालमा उनीकै यस क्षेत्रमा चर्चा भईरहेकी छिन ।

Leave A Reply

Your email address will not be published.