मधेशसमाचार

बारा–२ मा चन्दन कुमार सिंहद्वारा भ्रष्टाचारविरोधी अभियान सञ्चालन

 

बारा , १५ माघ

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चन्दन कुमार सिंहले बारा निर्वाचन क्षेत्र नम्बर–२ मा केन्द्रित हुँदै भ्रष्टाचारविरोधी तथा सुशासनमुखी चुनावी अभियानलाई तीव्र बनाएका छन्।

“जय युवा, जय किसान, जय जनता”, “जय घण्टी–जय बालेन” भन्ने नारासहित उनले स्वच्छ राजनीति, पारदर्शिता र उत्तरदायी शासन प्रणालीको पक्षमा जनसमर्थन जुटाउने अभियान सञ्चालन गरिरहेका छन्।

सोही क्रममा आज बिहीबारका दिन बिहान ८ बजे बारियारपुर गढीमाईको प्राङ्गणमा तथा दिउँसो १ बजे पचरौता नगरपालिका अन्तर्गत पिपरपाती बजारमा भेटघाट तथा जनसंवाद कार्यक्रम आयोजना गरिएको छ। यी कार्यक्रममार्फत स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र विकासका एजेन्डाबारे आफ्ना धारणा राख्ने उम्मेदवार सिंहको भनाइ छ।

उम्मेदवार सिंहले देशमा व्याप्त भ्रष्टाचारले विकास र जनविश्वासमा गम्भीर असर पारेको उल्लेख गर्दै, त्यसको अन्त्यका लागि सबै न्यायप्रेमी नागरिकको सहभागिता आवश्यक रहेको बताए। उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानबाट प्रेरणा लिँदै, त्यही भावनालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न आफू मैदानमा उत्रिएको दाबी गरे।

स्थानीय युवाहरू, किसान, व्यवसायी तथा सर्वसाधारणलाई अभियानमा सहभागी भई स्वच्छ र जिम्मेवार राजनीतिको पक्षमा उभिन उनले आग्रह गरेका छन्। उनका अनुसार यो अभियान कुनै व्यक्ति वा दल विशेषका लागि नभई, देशमा इमानदार नेतृत्व र सुशासन कायम गर्ने साझा प्रयास हो।

बारा–२ मा यस किसिमको अभियानले चुनावी माहोललाई थप सक्रिय बनाएको छ। आगामी दिनमा यस्ता जनसंवाद कार्यक्रममार्फत उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष रूपमा आफ्ना एजेन्डा राख्ने क्रम अझ बढ्ने देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button