बारा–१ मा जनमत पार्टी उम्मेद्वार डा. कमरुल्लाह अन्सारीको घरदैलो र जनसंपर्क अभियान तीव्र

10

बारा ,१६ माघ

बारा निर्वाचन क्षेत्र नम्बर १ बाट जनमत पार्टीको तर्फबाट उम्मेदवारी दिएका डा. कमरुल्लाह अन्सारी अहिले मतदाता भेटघाट र घरदैलो अभियानमा व्यस्त रहेका छन्।

डा. अन्सारीले क्षेत्रका विभिन्न गाउँ, टोल र बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा, विकासका योजना र क्षेत्रको भाबी दृष्टिकोण प्रस्तुत गरिरहेका छन्। उनका अनुसार स्थानीय जनताको समस्या बुझ्न, आवश्यकतासँग प्रत्यक्ष परिचित हुन र तिनको समाधानका लागि स्पष्ट योजना सार्वजनिक गर्न यो अभियान महत्वपूर्ण छ।

जनमत पार्टीका उम्मेद्वार अन्सारीले स्वास्थ्य, शिक्षा, रोजगारी र आधारभूत पूर्वाधार विकासमा विशेष जोड दिने प्रतिबद्धता जनाएका छन्। यसअन्तर्गत गाउँगाउँमा घरदैलो कार्यक्रम आयोजना गर्दै मतदातासँग सुझाब र गुनासो संकलन गर्ने प्रयास पनि जारी छ।

उनको सक्रिय जनसंपर्क अभियानले क्षेत्रभर चुनावी माहोल तातेको छ र स्थानीय मतदातामाझ प्रत्यक्ष भेटघाटले जनमत पार्टीप्रति सकारात्मक छवि निर्माण गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.