मधेशसमाचार

बारा–३ मा कडा प्रतिस्पर्धा, को बन्ला सांसद ?

कलैया , १८ माघ

बारा–३ प्रतिनिधि सभा निर्वाचनमा यसपटक कडा प्रतिस्पर्धा देखिएको छ। ठूला दलदेखि नयाँ राजनीतिक शक्तिसम्मका उम्मेदवार मैदानमा उत्रिँदा चुनावी माहोल तातिएको छ।

यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ई. अरविन्द साह, जनता समाजवादी पार्टी नेपालका रामबाबु कुमार यादव, नेपाली कांग्रेसका फरजुल्लाह मन्सुर, नेकपा एमालेकी ज्वाला कुमारी साह, जनमत पार्टीका प्रमोद प्रसाद गुप्ता र नेपाली कम्युनिस्ट पार्टीका भरत प्रसाद साह प्रतिस्पर्धामा छन्।

उम्मेदवारहरूले विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानीजस्ता विषयलाई प्रमुख एजेन्डा बनाएका छन्। परम्परागत दलहरू आफ्नो संगठन र मताधारको बलमा चुनाव जित्ने दाबी गरिरहेका छन् भने नयाँ दलका उम्मेदवारहरूले परिवर्तन र सुशासनको नारासहित जनसमर्थन बढ्दै गएको बताएका छन्।

स्थानीय मतदाताका अनुसार उम्मेदवारको व्यक्तिगत छवि, विगतको काम, पार्टी संगठन र अन्तिम चरणको चुनावी प्रचारले नतिजामा निर्णायक भूमिका खेल्नेछ। विशेषगरी युवामतदाता र पहिलोपटक मतदान गर्ने मतदाताको भूमिकालाई महत्त्वपूर्ण मानिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार बारा–३ मा नतिजा कसैको पक्षमा पनि सहजै अनुमान गर्न नसकिने अवस्थामा छ। मतदान प्रतिशत, स्थानीय समीकरण र मतदाताको अन्तिम निर्णयले नै तय गर्नेछ—

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button