बारा–३ मा जनमत पार्टीको चुनावी अभियान तीव्र, प्रमोद गुप्ताद्वारा घरदैलो

20

कलैया, १९ माघ

बारा निर्वाचन क्षेत्र नम्बर–३ बाट जनमत पार्टीका उम्मेदवार प्रमोद गुप्ताले चुनावी अभियानलाई तीव्र बनाएका छन्। चुनावी अभियान अन्तर्गत उनले कलैया उपमहानगरपालिका वडा नम्बर–१४ स्थित बधवन टोलमा घरदैलो कार्यक्रम तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आशिर्वाद लिएका छन्।

घरदैलो क्रममा गुप्ताले स्थानीय मतदातासँग क्षेत्रका विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा सुशासनका विषयमा संवाद गर्दै जनमत पार्टीको नीति र कार्यक्रमबारे जानकारी गराएका थिए। उनले जनताको चाहना र समस्यालाई संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सभा सदस्य पारस साह, जनमत पार्टी बारा जिल्ला इन्चार्ज शिवनाथ पटेल, युवा नेता सुजित पाण्डेय लगायत पार्टीका नेता तथा कार्यकर्ताको विशेष उपस्थिति रहेको थियो।

नेता–कार्यकर्ताहरूले बारा–३ मा जनमत पार्टीप्रति जनसमर्थन बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा उत्साहजनक नतिजा आउने विश्वास व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.