मधेशसमाचार

बारा–३ मा घण्टी छापका उम्मेदवार इन्जिनियर अरबिन्द साहको जनसम्पर्क अभियान

कलैया, १९ माघ

परिवर्तनका संवाहकका रूपमा चिनिएका घण्टी छापका उम्मेदवार इन्जिनियर अरबिन्द साहले आज कलैया उपमहानगरपालिका वडा नम्बर–८ स्थित बरेवा टोलमा जनतासँग प्रत्यक्ष भेटघाट गरेका छन्।

चुनावी अभियान अन्तर्गत आयोजित भेटघाट कार्यक्रममा साहले स्थानीय बासिन्दासँग क्षेत्रका समसामयिक समस्या, विकासका आवश्यकता तथा जनचासोका विषयमा छलफल गरेका थिए। उनले सुशासन, पारदर्शिता, रोजगारी र दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा परिवर्तनका लागि घण्टी छापमा मतदान गर्न आग्रह गरे।

स्थानीय मतदाताहरूले पनि आफ्नो भोगाइ र समस्या उम्मेदवारसमक्ष राख्दै सकारात्मक प्रतिक्रिया दिएका थिए। कार्यक्रममा विभिन्न स्थानबाट आएका समर्थक तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

इन्जिनियर साहको जनसम्पर्क अभियानले बारा–३ मा चुनावी माहोल थप तातिँदै गएको देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button