मधेशसमाचार

बारा–१ मा धर्तीपुत्र डा. कमरुल्लाह अंसारीप्रति जनलहर, सिम्रौनगढमा उत्साह चुलिँदै

बारा , २० माघ

बारा निर्वाचन क्षेत्र नम्बर–१ मा धर्तीपुत्रका रूपमा परिचित डा. कमरुल्लाह अंसारीको पक्षमा जनलहर बढ्दै गएको छ। घरदैलो अभियान, जनसम्पर्क र प्रत्यक्ष भेटघाटका क्रममा स्थानीयवासीको उत्साह र समर्थन उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ।

सिम्रौनगढको ऐतिहासिक पहिचान, सांस्कृतिक सम्पदा र सभ्यताको संरक्षण तथा विकासका लागि स्पष्ट दृष्टिकोणसहित अघि बढेका डा. अंसारीप्रति आम नागरिकको भरोसा बलियो बन्दै गएको स्थानीयहरूको भनाइ छ। उनले आफ्नो चुनावी अभियानमा सिम्रौनगढको इतिहासलाई राष्ट्रिय पहिचानसँग जोड्दै पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

चुनावी अभियानका क्रममा डा. अंसारीले सिम्रौनगढका विभिन्न टोल र बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै जनताको समस्या, आवश्यकता र अपेक्षा सुन्दै आएका छन्। उनले विगतमा क्षेत्रले भोग्दै आएको उपेक्षा अन्त्य गरी समावेशी विकासको बाटोमा अघि बढ्ने आश्वासन दिएका छन्।

स्थानीय बुद्धिजीवी, युवा तथा समाजसेवीहरूका अनुसार डा. अंसारी स्थानीय माटोमा हुर्किएको, क्षेत्रको पीडा र सम्भावना नजिकबाट बुझेको उम्मेदवार भएकाले उनीप्रति जनविश्वास बढ्दै गएको हो। विशेषगरी युवा पुस्ता र महिला मतदाताको सक्रिय समर्थनले चुनावी माहोल थप तातेको छ।

सिम्रौनगढको इतिहास, संस्कृति र सभ्यताको संरक्षणसँगै आधुनिक विकास र समृद्धिको स्पष्ट खाकासहित मैदानमा उत्रिएका डा. कमरुल्लाह अंसारीलाई बारा–१ का मतदाताले आशाको उम्मेदवारका रूपमा हेर्न थालेका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा उनको पक्षमा जनलहर अझै व्यापक बन्दै जाने संकेत देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button