सिए राजेश शाहको नेतृत्वमा करैयामाई–सिस्वा–लौतन् बजारमा मतदाता भेटघाट

19

बारा , २२ माघ

बिहीबार जनमत पार्टी बारा क्षेत्र नं. २ का उम्मेदवार योग्य मधेशको सान, डा. सिके राउतको निर्देशनमा करैयामाई गाउँपालिका वडा नं. २ करैया, सिस्वा गाउँ र लौतन् बजारमा घरदैलो अभियान सम्पन्न भएको छ।

घरदैलो कार्यक्रममा पार्टीका युवा नेता सिए राजेश शाह र उनको साथ गजानन्द प्रसाद यादवले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको निर्वाचन नीति, कार्यक्रम र क्षेत्रीय विकास योजनाबारे जानकारी गराएका थिए।

कार्यक्रममा युवा नेताहरूले मधेशको सान र डा. सिके राउतको मार्गदर्शनमा चलाइँदै आएको जनमत पार्टीको कार्यशैली र योजनाहरूको चर्चा गर्दै, मतदातालाई स्थायी विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित परियोजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उक्त अवसरमा स्थानीय जनता तथा आम नागरिकले पनि उम्मेदवार र पार्टीका युवा नेताहरूको सक्रियता र क्षेत्रको समग्र विकासका लागि योजना प्रस्तुत गर्ने तयारीको प्रशंसा गरेका थिए।

पार्टीका नेता सिए राजेश शाहले मतदातासँगको प्रत्यक्ष संवादलाई चुनावी अभियानको प्रमुख भाग भएको बताउँदै, आगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारले जनताको अपेक्षा अनुसार काम गर्ने बताए।

घरदैलो अभियानको क्रममा करैयामाई गाउँपालिका भित्र विभिन्न घर-घरमा पुगेर मतदातासँग प्रत्यक्ष सम्पर्क गर्ने रणनीति अपनाइएको थियो, जसले आगामी निर्वाचनमा जनमत पार्टीको जनसमर्थन थप बढाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.