महेन्द्र निधी निवासको भुक्तानी गर्न कार्यालय सहित मन्त्रालयको लागी खुल्लेआम कमिशन माग

59

महेन्द्र निधी निवासको भुक्तानी गर्न कार्यालय सहित मन्त्रालयको लागी खुल्लेआम कमिशन माग

 

शु.आ. सम्बाददाता

 

कलैया , ०९ आषाढ

 

आर्थिक बर्ष २०८०/०८१ मा मदेश प्रदेश सरकारले बारा जिल्लामा तिन ५० वटा गरीब , बिपन्न परिवारलाई महेन्द्र निधी निवास कार्यक्रम अन्तर्गत घर निर्माण गर्न बजेट बिनियोजन गरेको थियो। तर तत्कालिन निमित्त कार्यालय प्रमुख राजेन्द्र साहले आर्थिक वर्ष २०८०/०८१ मा महेन्द्र निधि निवास कार्यक्रममा अन्तरगत कमिशनको भरमा १३ सय घर निर्माण गर्न सम्झौता गरेको कुरा पुर्ब मुख्यमन्त्री एवम् बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर १( ख ) बाट निर्बाचित प्रदेश सभा सदस्य सरोज कुमार यादवले सदन भवनमा उठाई सकेका छन्।

 

उक्त कार्यक्रम अन्तर्गत अधुरो रहेको सम्पुर्ण घर ( आवास ) लाई पुर्णता दिन मदेश प्रदेशले आर्थिक वर्ष २०८१/०८२ मा पुर्वाधार विकास कार्यालय कलैयालाई ९ करोड बजेट उपलब्ध गराएको छ। बजेट उपलब्ध भएकोमा पुर्वाधार विकास कार्यालय कलैयाको निमित्त कार्यालय प्रमुख रिम्पु कुमारी यादव र लेखा प्रमुख मुकेश प्रजापतिले ठेकेदारहरु सँग कार्यालय र मन्त्रालयको लागि खुल्लेआम कमिशन माग गर्ने गरेको रहस्य बाहिर आएको छ।

 

निमित्त कार्यालय प्रमुख यादव र लेखा प्रमुख प्रजापतिले कार्यालयको २० प्रतिशत र अर्थ मन्त्री जितेन्द्र यादवको नाममा ५ प्रतिशत कमिशन माग गर्ने गरेको ठेकेदारहरु गुसानो गरेका छन्।

 

ठेकदारहरुको अनुसार महेन्द्र निधि निवास कार्यक्रममा अन्तरगत निर्माण भएको आवास ( घर ) हरुको भुक्तानी माग गर्दा निमित्त कार्यालय प्रमुख यादव र लेखा प्रमुख प्रजापतिले कार्यालयको लागि २० प्रतिशत र मन्त्रालयको लागि ५ प्रतिशत कमिशन अग्रिम नदिएसम्म भुक्तानी हुने भनि त्रास देखाउदै कमिशन माग्ने गरेको आरोप लगाएका छन्।

 

त्यस्तै पुर्वाधार कार्यालय कलैयाबाट आर्थिक वर्ष २०८१/०८२ मा बारा जिल्लामा सँचालन भएको योजनाहरुमा चलखेल भईरहेको बिषयमा बिभिन्न सँचार माध्यमबाट समाचार हरु प्रकाशन भईरहेको बेला पनि नियमनकारी निकायको ध्यानाकर्षण हुन नसकेकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिने तयारी भईरहेको ठेकेदारहरु बताएका छन्।

 

यस बिषयमा पुर्वाधार विकास कार्यालय कलैयाको निमित्त कार्यालय प्रमुख रिम्पु कुमारी यादवसँग प्रतिक्रिया लिन उनको मोबाईलमा कल गर्दा कल रिसिभ मगरी मोबाईल अफ गरेकि छिन।

Leave A Reply

Your email address will not be published.