प्र.ब.ना.नि. श्रेष्ठ जिम्मेवारी भन्दा बढि नाम जस्तै धन आर्जन गर्न तर्फ अग्रसर 

35

प्र.ब.ना.नि. श्रेष्ठ जिम्मेवारी भन्दा बढि नाम जस्तै धन आर्जन गर्न तर्फ अग्रसर

 

शु. आ. सम्बाददाता

 

कलैया, ०९ अषाढ

 

 

बाराको अमलेखगंज स्थित ईलाका प्रहरी कार्यालयको ईन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक धनबहादुर श्रेष्ठको सँरक्षणमा मुलुक कै आर्थिक राजधानी बिरगंज लगायत वरीपरीको जिल्ला नाकाहरुबाट अबैध रुपले आयात भएका समानहरु नेपालको राजधानीसम्म् सहजै पुग्ने गरेको पाईन्छ। भने ईलाका प्रहरी कार्यालय अमलेखगंजमा उत्पादन भएको अबैध मदिरा मदिरा सिमरा, जितपुर ,

बीरगँज लगायत अन्य ठाउँहरुमा सजिलै पुग्ने गरेको पाईन्छ ।

 

पर्सा बारा , रौतहटबाट तस्करी भएको समानहरु रात्री बसको माध्यम र ट्रान्सपोर्टको माध्यमले मुलुकको राजधानी काठमाडौंसम्म पुग्ने गरेको एक बस चालक आफ्नो नाम सम्प्रेषण नगर्ने शर्तमा बताएका छन्। उनका अनुसार आर्थिक सेटिङको अधारमा नै समानहरु राजधानी सम्म पुग्ने गरेको छ।

 

त्यस्तै अबैध मदिरा भट्टीबाट मासिक नजराना पाएपछि निर्वाधरुपमा भट्टी सँचालन सहित बिक्री वितरण समेत हुने श्रोतको दाबी रहेको छ।

 

गृहमन्त्री रमेश लेखकको आफ्नो मान्छे हुँ भन्दै बरिष्ठ प्रहरी नायव निरीक्षक श्रेष्ठले मासिक रुप मै लाखौं रुपैया नजराना बुझाए बापत तस्करीको सिन्डिकेट नै सँचालन गरेको प्रहरी श्रोतको दाबी रहेको छ।

 

प्रहरी श्रोतको अनुसार तस्करीहरुबाट समयमा नजराना नआएको आएको खण्डमा मालवाहक सवारीसाधनलाई पक्राउ गरी राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाउने गरेको दाबी रहेको छ। ईलाका प्रहरी कार्यालय अमलेखगंजलाई सवारी साधनको कागजातहरु नभए पनि हुने तर सकार भएको रकम हुनै पर्ने एक चालकले यस दैनिकसँग बताएका छन् । उक्त चालकको अनुसार प्रहरी बरिष्ठ नायब निरीक्षक धनबहादुर श्रेष्ठ जिम्मेवारी भन्दा बढि नाम जस्तै धन आर्जन गर्न तर्फ अग्रसर रहेका छन्।

 

यस विषयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजका बरिष्ठ प्रहरी नायव निरीक्षक धनबहादुर श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन। त्यसैले यस बिषयमा माथिल्लो निकायको ध्यान जाने हो कि हेर्न बाँकी रहेको छ।

Leave A Reply

Your email address will not be published.