मधेशसमाचार

परवानीपुर गाउँपालिकाको सभाहलको उदघाटन सँगै १६ औ गाउँसभा सम्पन्न 

परवानीपुर गाउँपालिकाको सभाहलको उदघाटन सँगै १६ औ गाउँसभा सम्पन्न
शु.आ. सम्बाददाता
कलैया , ०९ आषाढ
बाराको परवानीपुर गाउँपालिकाले आफ्नो नवनिर्मित कार्यालयको सभाहलको उदघाटन गर्दै १६ औ गाउँसभा सम्पन्न गरेको छ।
गाउँसभामा गाउँपालिका उपाअध्यक्ष सुगान्धी देबी कनुइनको सहकार्यमा प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले आर्थिक वर्ष २०८२/०८३ को निति तथा कार्यक्रम सँगै ३४ करोड ३४ लाख ६९ हजार एक ५८ रुपैयाको बजेट प्रस्तुत गरेका छन्।
प्रस्तुत निति तथा कार्यक्रमले नगरपालिकाको आय संकलनमा नेपाल सरकारबाट विभिन्न अनुदान शिर्षक अन्तर्गत ३४ करोड भन्दा बढी प्राप्त हुने अनुमान गरिएको छ ।
संघीय सरकारबाट समानिकरण अनुदान रु ९ करोड ४१ लाख , संघिय राजश्व बाँडफाँड र ७ करोड ३७ लाख २० हजार ४८ रुपैया , प्रदेश स्थानीयकरण अनुदान रु ६५ लाख २२ हजार , प्रदेश राजश्व बाँडफाँड रु ४६ लाख २७ हजार एक सय १० रुपैया , आन्तरिक श्रोत रु २ करोड ५० लाख , स्थानिय राजश्व बाँडफाँड रु ४० लाख , शसर्त अनुदान रु ११ करोड ३६ लाख , बिशेष अनुदान ६९ लाख , समपुरक अनुदान एक करोड ५० लाख  रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।
गाउँ सभाको अध्यक्षता गरेको गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीले सुशासन युक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तिकरण सिम्रौनगढको आधार” भन्ने मूल नारासहित प्रस्तुत गरिएको बजेटले शिक्षा, संस्कृति, युवा तथा खेलकुद, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएको जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा सम्पुर्ण वडा अध्यक्ष सहित गाउँसभा सदस्यहरु , कर्मचारीहरु, स्थानीयहरु सहित सँचारकर्मिहरु बिशेष उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button