च:पुर देखि सँचालन हुने कार्यालय प्रमुख प्रशासकीय अधिकृत यादवको नेतृत्वमा नगरपालिकाबाट सँचालन हुदै
शु.आ. सम्बाददाता
कलैया, १४ आषाढ
रौतहटको फतुवा विजयपुर नगरपालिका विगत लामो समयदेखि देखि आर्थिक मसान्तको अन्तिम देखि नै च:पुरबाट सँचालन हुने गरेको सर्वविदितै छ। तर चालु आर्थिक वर्षमा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवको नेतृत्वमा नगरपालिकाको सम्पुर्ण कामकाज नगरपालिकाबाट नै सम्पादन भईरहेको छ।
आर्थिक बर्षको अन्तिम महिना आषाढको दोस्रो हप्ता हुदाँ समेत प्रमुख प्रशासकीय अधिकृत यादवको नेतृत्वमा सम्पुर्ण कामकाज नगरपालिकाको कार्यालयबाट नै सँचालन भईरहेको देख्न पाईन्छ। आषाढ महिनाको अन्तिम महिनामा समेत नगरपालिकाबाट कार्य सम्पादन सहित भुक्तानीको कार्य हुने गरेकोले स्थानीयबासीहरु हर्षित हुदै प्रमुख प्रशासकीय अधिकृत यादवको चौतर्फी प्रशाँसा गर्ने गरेका छन्।
फतुवा विजयपुर नगरपालिका बस्ने रामधुनी प्रसादले चालु आर्थिक वर्षको अन्तिम महिनाको दोस्रो हप्तामा समेत नगरपालिकाबाट सेवा पाउँदा हर्षित भएका छन्। बिगतमा बैशाख महिना देखि नै हाकिम सहित कर्मचारीहरु नगरपालिकामा देखा नपर्ने दुखेसो पोख्दै हाकिम र कर्मचारीलाई खोज्न हामीले चःपुर समेत पुग्ने गरेको बताएका छन्। तर हालको हाकिम यादवको नेतृत्वमा हामीले सिंह दरबारको अधिकार गाउँघरमा नै प्राप्त गरेको अनुभुति गरेको बताएका छन्।
यस बिषयमा प्रमुख प्रशासकीय अधिकृत यादवसँग कुरा गर्दा आफु एक्लैले गर्न सक्ने नभएर कार्यवाहक नगरप्रमुख प्रमुख अमबेया खातुन सहित लेखा प्रमुख कामेश्वर सहनीको सहकार्यमा आफु नगरपालिकाको कार्यालयबाट नै सेवा प्रदान गर्न सक्षम भएको बताएका छन्।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानिय सरकार मध्ये फतुवा विजयपुर नगरपालिका पनि एक रहेकोले नगरपालिकाबाट नै सेवा प्रदान गर्नुपर्ने आफ्नो उदेश्य रहेको प्रमुख प्रशासकीय अधिकृत यादवले बताएका छन्। साथै उक्त कार्यमा कार्यवाहक नगरप्रमुख अमबेया खातुन र लेखा प्रमुख कामेश्वर सहनी लागायत नगरपालिकाको सम्पुर्ण कर्मचारीहरुलाई साथै र सहयोग रहेको बताएका छन्।
साथै स्थानिय तहहरुले स्वमुल्यांकन गर्ने लिजामा पनि फतुवा विजयपुर नगरपालिका रौतहट नगरपालिकामा सवैभन्दा कमजोर गरेकोले कार्यबाहक नगरप्रमुख खातुन र लेखा प्रमुख सहनी लगायत सम्पुर्ण कर्मचारीको सहयोगमा केहि दिन पहिला नगरपालिकाको कार्यालयमा जनताको बिचमा नै सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन गरेको बताएका छन्।
सार्वजानिक सुनुवाई जस्तै लिजामा समेत नगरपालिकाको कामकाज गरीरहेको प्रमुख प्रशासकीय अधिकृत यादवले बताएका छन्। लिजाको मुल्यांकन चालु आर्थिक बर्षको अगामी आर्थिक वर्ष प्रकाशन हुने र लिजामा प्राप्त अँकको अधारमा अघिल्लो आर्थिक वर्षमा बजेटको रुपमा प्राप्त हुने भएकोले यो त्रिपक्षीय योजना रहेको बताएका छन्।