मधेशसमाचार

बाराको गम्हरिया चौकमा उपभोक्ता माथि पेट्रोल ठगीको गुनासो , बोतलमा कम परिणाम दिएको आरोप

शु.आ. सम्बाददाता

कलैया , २६ जेठ

पेट्रोल प्रतिलिटर मूल्य २१५ रुपैयाँ तोकिएको भए पनि बाराको गम्हरिया चौकस्थित गण्डक नहर क्षेत्रमा उपभोक्ताहरूले महँगो दरमा कम परिमाणको पेट्रोल किन्न बाध्य भएको गुनासो बढेको छ। स्थानीयवासीका अनुसार त्यहाँ बोतलमा बिक्री हुने पेट्रोलको नाममा प्रति बोतल २५० रुपैयाँ असुली गर्दै करिब ८ सय ग्राम मात्र पेट्रोल दिइने गरिएको छ।

स्थानीय रन्जित कुमारले बताए अनुसार सो स्थानमा मिटरको प्रयोग समेत नगरी न्यून परिमाणमा पेट्रोल बिक्री भइरहेको छ। “एक बोतल पेट्रोल २५० रुपैयाँ तिर्दा पनि १ लिटर नपुग्ने मात्र दिइन्छ,” उनले गुनासो गरे।

उपभोक्ताहरूले मूल्यभन्दा बढी रकम लिएर कम इन्धन उपलब्ध गराउने कार्य खुलेआम भइरहे पनि सम्बन्धित निकायले अनुगमन नगरेको आरोप लगाएका छन्।

स्थानीयले यस्तो गतिविधिले उपभोक्ता अधिकारको उल्लंघन भएको भन्दै तत्काल अनुगमन र कारबाहीको माग गरेका छन्।

यता सम्बन्धित निकायको ध्यान नपुग्दा लामो समयदेखि यस्ता गतिविधि निरन्तर चलिरहेको स्थानीयको भनाइ छ। उपभोक्ताले पेट्रोलको गुणस्तर र परिमाण दुवैमा ठगी हुने अवस्था अन्त्य गर्न कडा अनुगमन आवश्यक रहेको बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button