हुण्डी कारोबारको आशंकामा स्रोत नखुलेको २८ लाख २८ हजार नगदसहित तीन जना पक्राउ

16

हुण्डी कारोबारको आशंकामा स्रोत नखुलेको २८ लाख २८ हजार नगदसहित तीन जना पक्राउ

 

शु.आ. सम्बाददाता

 

बीरगंज, १८ आषाढ

 

हुण्डी कारोबारको आशंकामा स्रोत नखुलेको २८ लाख २८ हजार नगदसहित मँगलबार तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला पर्सा पकाहामैनपुर गाउँपालोका वडा नं.२ बस्ने वर्ष २६ को अनिल कुमार बर्णवाल, वीरगञ्ज महानगरपालिका वडा नं.३ आदर्शटोल बस्ने वर्ष २३ को बिनित कुमार श्रीवास्तव र जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं.४ बस्ने वर्ष ४४ को दिपक कुमार सोनार रहेका छन्।

 

विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा प्रहरीले बर्णवाललाईई वीरगंज महानगरपालिका वडा नं.१० मकालु चोकबाट पक्राउ गरेको छ। बर्णवाले कालो ब्यागभित्र लुकाइ छिपाइ राखिएको रु.१००० दरका नोट-३२८ थान, रु.५०० दरका नोट-१२१८ थान र रु.१०० दरका नोट- ३०० गरी जम्मा रु.९ लाख ४७ हजार बरामद भएको जानकारी प्रहरी प्रबक्ता एबम् प्रहरी नायव उपरीक्षक किशोर लम्सालले दिएका छन्।

 

त्यस्तै प्रबक्ता लम्सालको अनुसार श्रीवास्तवलाई वीरगंज महानगरपालिका वडा नं.८ कृषी बिकास बैंक लिंकरोड नजिकबाट पक्राउ गरीएको छ। श्रीवास्तवले कालो झोलामा लुकाइ छिपाइ राखिएको रु.१००० दरका नोट ९७३ पिस, रु.५०० दरका नोट-१२१६ पिस गरी जम्मा रु.१५ लाख ८१ हजार बरामद गरीएको छ। भने दिपक सोनारलाई बीरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट पक्राउ गरीएको छ। ना.१६ प २३२८ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकलमा सवार सोनारले लगाएको पाइन्टको खल्तीबाट रू.१००० दरका नोट-२०० पिस, रू.५०० दरका नोट-१०० पिस गरी जम्मा रु तीन लाख वरामद गरीएको छ।

 

यसरी तिनै जनालाई श्रोत नखुलेको २८ लाख २८ हजार सहित पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको जानकारी समेत प्रबक्ता लम्सालको दिएका छन्।

Leave A Reply

Your email address will not be published.