मधेशसमाचार

पर्सामा १०२ केजीभन्दा बढी गाँजासहित भारतीय कार र चालक पक्राउ

वीरगंज, २२ असार

पर्सा प्रहरीले १०२ केजीभन्दा बढी गाँजासहित भारतीय नम्बर प्लेटको कार र एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाको आधारमा जगरनाथपुर गाउँपालिका–२ स्थित भिठ्ठी इन्नर्वा जाने चोकमा इलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको BR 01 CU 3544 नम्बरको सेतो रंगको स्पोर्ट्स कारलाई शंकाको आधारमा रोकेको थियो।

प्रहरीले कार खानतलासी गर्दा कारभित्र लुकाई राखिएको अवस्थामा १० वटा पोकामा १०२ केजी ६३८ ग्राम गाँजा बरामद गरेको जनाएको छ।

घटनामा कार चालक भारत बिहार राज्य बेतिया नवलपुर निवासी ३२ वर्षीय गुड्डु वर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद गाँजा, कार तथा पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button