मधेशसमाचार

ट्राफिक प्रहरी कलैयाको आर्थिक तान्डवले स्थानीयदेखि पर्यटकहरू समेत आजित, सम्बन्धित निकाय मुखदर्शक

बारा, ३० असार
 बाराको सदरमुकाम कलैया स्थित रहेको ट्राफिक प्रहरी कार्यालयका कर्मचारीहरूको रवैयाले स्थानीय मात्र नभइ पर्यटकहरू समेत आजित बन्दै गएको गुनासोहरू सार्वजनिक हुन थालेको छ । ट्राफिक प्रहरी कार्यालय अगाडी चेकजाँचको नाममा गरिने लूटतन्त्रका कारण स्थानीय मात्र नभइ पर्यटकहरूको समेत गुनासोहरू बढ्दै गएको हो ।
ट्राफिक प्रहरी कलैयाले चेकजाँचको नाममा प्रति दिन केही सवारी साधन चालकहरूलाई फाइन काटने र केहि सँग खुल्याम आर्थिक लेनदेन गर्नुले ट्राफिक प्रहरीको आचरण माथी नै प्रश्न चिन्ह खडा गरेको छ । ट्राफिक प्रहरी आफ्नो पेशा प्रति इमान्दार हुनुको सट्टा स्वार्थ मै सिमित भए पश्चात् खुल्याम घुसखोरी हुन थालिएको बताइन्छ ।
त्यति मात्र नभइ जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले समेत कलैया क्षेत्रमा गरिएको मनोमानीको बिषयमा मौन धारण गरेकै कारण आर्थिक तान्डवमा पल्केको हुन सक्ने स्थानीयहरूले आकल्न गरेका छन । स्थानीयहरूका अनुसार बिहानदेखी बेलुका करिब ९ बजेसम्म ट्राफिक प्रहरीले चेकजाँच गर्ने गरेका हुन्छन । बिहान बिहान विश्व प्रख्यात गढिमाइ मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरूलाई समेत चेकजाँचको नाममा रकम असुल गर्ने गरिन्छ । कुनै न कुनै बहानामा दर्शनार्थीहरू सँग जबरजस्ती रकम असुल गरेको देख्दा आफै पीडा महसुस हुने गरेको स्थानीय बताउछन ।
यता एक जना ट्राफिक प्रहरी श्रोतका अनुसार ट्राफिक प्रहरी सहायक निरीक्षक प्रिन्स नन्दन यादवले टेण्डर झै चेकजाँच लाई प्राथमिक्ता दिएको आरोप लगाए । उनका अनुसार प्रति दिन फाइन काटेको बाहेक १० हजार रकम दिनै पर्ने प्रहरीलाई दवाब दिए पश्चात् बाध्यताबस रकम असुल हुने गरेको बताए ।
यता यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सँग बुझन खोज्दा सम्पर्कमा आउन चाहेन्न । अब यस बिषयमा मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले ध्यान पुर्याउने हो कि ?  चासोको बिषय बनेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button