मधेशसमाचार

रौतहटमा युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाए, थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल रिफर

सत्येन्द्र प्रताप सिंह
रौतहट ३१ असार
रौतहटको गरुडा नगरपालिका–९ गमहरिया टोलका एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गरुडा–९ निवासी देबेन्द्र सहनीका २८ वर्षीय छोरा गौतम कुमार सहनीले असार ३१ गते राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।
घटनापछि घाइते सहनीलाई तत्काल बेटर नेपाल अस्पताल गरुडा मा उपचारका लागि ल्याइएको थियो। प्रारम्भिक उपचारका क्रममा उनको घाँटीदेखि तलसम्म शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाए । उपचारमा उनका बुवा देबेन्द्र सहनी संलग्न रहेका छन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको कमाण्डमा प्रहरी टोली खटिएर घटनाको आवश्यक अनुसन्धान तथा थप बुझ्ने कार्य सुरु गरेको छ।
घाइतेको अवस्था थप उपचार आवश्यक देखिएपछि बिहान करिब ४:१५ बजे उनलाई कीर्तिपुर बर्न अस्पताल, काठमाडौं मा रिफर गरिएको प्रहरी प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जनाए ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय थप अनुसन्धान गरिरहेको जनाए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button