पुनः उधारोमा सम्झौता, उधोग वाणिज्य संघ सिम्रौनगढको आन्दोलन फिर्ता 

35

पुनः उधारोमा सम्झौता, उधोग वाणिज्य संघ सिम्रौनगढको आन्दोलन फिर्ता

 

शु.आ. सम्बाददाता

कलैया , ०३ साउन

सिम्रौनगढका व्यापारी तथा कृषकहरूले प्रहरीको ज्यादती, खाद्य सामग्रीको अभाव र छोटी भन्सार सञ्चालन नहुनु जस्ता समस्या विरुद्ध बिहिबारदेखि बजार बन्द गरी आन्दोलन सुरु गरेका थिए।भने आन्दोलनको दोस्रो दिन अर्थात् शुक्रबार बिहानै देखि सिम्रौनगढ स्थित पावरहाउस नजिक गण्डक नहर बाटोमा टायर बाली प्रहरी बिरुध्द नाराबाजी गर्दै यातायात समेत थप्प पारेका थिए।

 

छोटी भन्सार सञ्चालन गर”, “मल, खाद, बीउ उपलब्ध गर” जस्ता नाराहरू लगाउँदै विरोध प्रदर्शन गरेका थिए। उक्त प्रदर्शन शुक्रबार बेलुका ४ बजेसम्म रहेको पनि उधारोमा सहमति गरी आन्दोलन फिर्ता भएको छ।

 

उधोग बाणिज्य सँघ सिम्रौनगढ नेतृत्वमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसँग भएको छलफलमा उधारो सहमति भएको छ। उक्त सहमतिमा छोटी भन्सार सँचालन गर्न पहल गर्नु तथा राजनीतिक पहल समेत आवश्यक रहेको सहमति भएको छ। साथै मलखाद किसानले एक चोटीमा भारतबाट दुई बोरा सम्म ल्याउन पाउने तथा घरायसी समानहरु ल्याउँदा प्रहरीहरुले हस्तक्षेप नगर्ने सहमतिमा आन्दोलन फिर्ता भएको उधोग बाणिज्य सँघ सिम्रौनगढको अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले जानकारी दिएका छन्।

 

कुशवाहासँग बिगतमा समेत तपाईहरु आन्दोलन गरेको र छोटी भन्सार सँचालन गर्न पहल गर्ने सहमति भएकोमा पुनः किन उधारो सहमति गरेको प्रश्नमा सिम्रौनगढ क्षेत्रबाट देशको उपराष्ट्रपति र मधेश प्रदेशको मुख्यमन्त्री समेत बनेका नेताहरु केहि नगरेकोमा आफुहरु आफ्नो सहित यहाँको जनताको लागि सहमति गर्नु परेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.