मधेशसमाचार

जुवातास खेल्ने ९ जनालाई बारा प्रहरीद्वारा पक्राउ

जुवातास खेल्ने ९ जनालाई बारा प्रहरीद्वारा पक्राउ

 

शु.आ. सम्बाददाता

 

कलैया , ०३ साउन

 

जुवातास खेल्ने ९ जनालाई बारा प्रहरीले शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगपालिका वडा नं १ वस्ने अन्दाजी वर्ष ३० को सुसन खाती सुनार , अन्दाजी वर्ष ५१ को राज कुमार भट्टराई, वडा नं २ वस्ने अन्दाजी वर्ष ४० को बलराम बिश्वकर्मा, अन्दाजी वर्ष ५६ को सुमन कुमार भट्टराई , अन्दाजी वर्ष ४१ को अभय कुमार श्रीवस्ताव, अन्दाजी वर्ष ४१ को केशव सुनुवार , अन्दाजी वर्ष ५२ को थहल वहादुर वोश्वकर्मा, अन्दाजी वर्ष ५४ को शिवजी प्रसाद साह र अन्दाजी वर्ष ५९ को बलराम कुमार क्षेत्री रहेका छन्।

 

उनिहरुलाई शनिबार दिउँसो जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २ जानकी टोल स्थित केशव सुनुवारको घरमा जुवा तास खेली रहेको अवस्थामा पकाउ गरीएको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रबक्ता एबम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

 

प्रबक्ता पण्डितको अनुसार विशेष सुचना तथा सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटीएको प्रहरी टोलीले निज केशव सुनुवारको घर खानतलासी गर्दा सोही घरको तेश्रो तल्लाको कोठा उनिहरुलाई (जुवा) तास खेलिरहेको अवस्थामा पक्राउ गरीएको छ। साथै निजहरुको साथबाट एक लाख ५४ हजार ६ सय ८० रुपैया नगद र तास फेला परेको छ।

 

९ जनालाई नै नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भईरहेको जानकारी समेत प्रबक्ता पण्डितले दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button