चर्को घाम र अत्यधिक गर्मि सहित झ्याप झ्याप लाईन काट्दा जनजिवन प्रभावित

23

चर्को घाम र अत्यधिक गर्मि सहित झ्याप झ्याप लाईन काट्दा जनजिवन प्रभावित

 

शु.आ. सम्बाददाता

 

कलैया , ०४ साउन

 

साउनको पहिलो हप्ता हुदाँ पनि बारा सहित तराई मधेसमा प्रयाप्त मात्रामा बर्षा हुन नसकेको छैन। आवश्यक मात्रामा वर्षा नभएकोले धेरै ठाउँमा किसानहरू मोटर पम्प, दमकल तथा नहरको पानी प्रयोग गरेर रोपाइँ गरिरहेका छन्। भने बिहानदेखि नै चर्को घाम हुने गरेकोले रोपाईं भएको खेतमा पनि पानीको अभावले लगाइएको धान समेत सुक्न थालेको छ।

 

बर्षात हुने समय भनेको अषाढ र श्रावण महिना रहेको छ। तर यसपालि अषाढ पुरै महिना र श्रावणको तिन गते हुँदा समेत पानी नपरेकाले बारामा ३४ हजार ५ सय १५ हेक्टर क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ। जबकि बारामा मात्र प्रत्येक वर्ष करिब ४६ हजार २० हेक्टर क्षेत्रफलमा अगहनी धान खेती हुँदै आएको छ।

 

बिहान देखि बेलुकासम्म एक टक चर्को खाम हुने गरेकोले अत्यधिक गर्मि समेत रहेको छ। चर्को घाम र अत्यधिक गर्मिले गर्दा मानिसहरु अत्यावश्यक काम बिना घर बाहिर निस्कन पाईरहेका छैनन्। घरमा बस्दा समेत झ्याप झ्याप लाईन काट्दा जनजिवन नै प्रभावित भएको छ।

 

कलैया उपमहानगरपालिका वडा नं १४ बस्ने भरत जैसवालले बर्षा नभएकोले हामीले दमकलबाट धान रोपाई गरेका छौ। दमकलबाट रोपाई गर्दा अत्यधिक खर्च पनि भयो। हालसम्म प्रयाप्त मात्रामा पानी नपरेकाले खेतमा रोपाई गरेको धान समेत सुक्न थालेको छ। जसले गर्दा आफुलाई मानसिक रूपमा तनाव भएको छ। भने झ्याप झ्याप लाईन काट्दा घरमा समेत बस्न अपठ्यारो भएको छ।

 

झ्याप झ्याप लाईन काट्ने समस्याको बिषयमा नेपाल विद्युत प्राधिकरण कलैयाको प्रमुख हिमांशु कुमार यादवले अत्यधिक गर्मि र बर्षा नभएकोले बिधुतको ह्वात्तै बढेकोले बिधुत लाईन ट्रिप हुने समस्या माथिबाट नै रहेको छ। साथै उक्त कार्यलाई मरम्मत सम्भार कार्य अगाडि बढिरहेको छ। भने पिलुवामा सब स्टेशन सँचालनमा रहेकोले यहाँबाट लाईन कलैया प्राधिकरणमा जडान गर्न नसके झन अवस्था खराब हुने बताएका छन्।

Leave A Reply

Your email address will not be published.