मधेशसमाचार

५ किलो लागू औषध गाँजा सहित एक जना भारतीय नागरिक पक्राउ 

५ किलो लागू औषध गाँजा सहित एक जना भारतीय नागरिक पक्राउ

 

शु.आ. सम्बाददाता

 

कलैया, ०४ साउन

 

५ किलो लागू औषध गाँजा सहित एक जना भारतीय नागरिक प्रहरी चौकी मुसहर्वाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा देश भारत सितामढी जिल्ला डुमरा बस्ने अन्दाजी बर्ष २९ को सावन शर्मा रहेका छन्।

 

भारतीय नागरिक शर्मालाई प्रहरी चौकी मुसहर्वाको प्रहरी बरिष्ठ नायब निरीक्षक जिवन खड्काको कमाण्डमा खटिएको प्रहरी टोलिले आईतबार बिहान पक्राउ गरेको छ।

उक्त प्रहरी टोलिले बिश्रामपुर गाँउपालिका वडा नं.४ बलिरामपुर स्कुल स्थित नेपाल बाट भारत तर्फ पिठयूमा बोक्ने कालो झोला टाउकोमा बोकी लुकी छिपी गई रहेको व्यक्ति देखी शंकास्पद लागी चेकजाँच गर्ने क्रममा पक्राउ गरीएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराको प्रबक्ता एबम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले दिएका छन्।

 

प्रबक्ता पण्डितको अनुसार भारतिय नागरीक शर्मालाई लागु औषध गाँजा ५ किलो सहित पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button