मधेशसमाचार

धनुषा घटनाबारे प्रहरीको स्पष्टोक्ति: मृतक मन्दिरका पुजारी होइनन्

धनुषा, १५ साउन

धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको जिल्ला प्रहरी कार्यालय धनुषा ले स्पष्ट पारेको छ। सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा आएका भ्रामक विवरणपछि प्रहरीले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको वास्तविकता सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार साउन १५ गते राति करिब ९ बजे मन्दिर परिसरमा अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मृत अवस्थामा फेला परेका थिए। उनी मन्दिरका पुजारी नभई विभिन्न स्थानमा काम गर्दै घुमीहिँड्ने र बेला–बेलामा मन्दिर परिसरमा आएर बस्ने व्यक्ति रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि तालिमप्राप्त कुकुरसहितको विशेष अनुसन्धान टोली परिचालन गरिएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घटना आपराधिक प्रकृतिको देखिएको र यसलाई धार्मिक विवादसँग जोडेर अफवाह फैलाउनु उचित नहुने प्रहरीको भनाइ छ।

प्रहरीले शान्ति, सामाजिक सद्भाव र आपसी सहिष्णुता कायम राख्न सबैसँग आग्रह गर्दै घटनामा संलग्न जो–सुकैलाई कानुनी दायरामा ल्याइने र अनुसन्धान निष्पक्ष रूपमा अघि बढिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button