मधेशसमाचार

लाल बकैया खोलामा नुहाउने क्रममा देवाही गोनाहीका तीन बालबालिका बेपत्ता

सत्येन्द्र प्रताप सिंह
रौतहट २६ साउन
​जिल्लाको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लाल बकैया खोलामा नुहाउने क्रममा डुबेर तीन जना बालबालिका बेपत्ता भएका छन्। मंगलबार अपराह्न करिब २:०० बजेको समयमा खोलामा पौडी खेल्ने र नुहाउने क्रममा स्थानीय तीनै जना बालबालिका अचानक गहिरो पानीमा परी बेपत्ता भएका हुन्।
​बेपत्ता हुनेहरूमा देवाही गोनाही नगरपालिका–१ करुनिया बस्ने करमे आलमका १० वर्षीय छोरा रमतुलाह, सोही ठाउँका हिसी अकतरकी १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी १० वर्षीया छोरी रौशन खातुन रहेका छन्। एकै गाँउका तीन जना बालबालिका एकाएक खोलामा डुबेर बेपत्ता भएपछि अहिले सम्पूर्ण गाउँ शोक र चिन्तामा डुबेको छ।
​घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेज प्रसाद भट्टराईको कमाण्डमा ७ जनाको प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको छ।
​त्यसैगरी खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्त बहादुर शाहीको नेतृत्वमा ५ जनाको टोली तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीम बहादुर पुनको कमाण्डमा ९ जनाको विपद् व्यवस्थापन टोली रबर बोटसहित खटिएको छ।
​नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको संयुक्त सहयोगमा लाल बकैया खोलाको सम्भावित क्षेत्रहरूमा बेपत्ता बालबालिकाहरूको गहन खोजी कार्य निरन्तर जारी राखिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाए

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button