नारायणी सिंचाई कार्यालय प्रमुख पटेलले गण्डक नहरमा पानी नदिँदा, बारा रौतहटमा पानीको हाहाकार
शु.आ. सम्बाददाता
रौतहट, ०८ साउन
आषाढ १४ गते नै नारायणी नदीबाट गण्डक नहरमा पानी आइरहेको प्रमुख पटेलले जनाए पनि अहिले सम्म गण्डक नहरमा पानी आएनन् । किसानहरुले पटक पटक फोन सम्पर्क गर्दा फोन सम्पर्क नहुनु कहीं कतै शंका को विषय उबज भएको हो । अहिले रौतहट जिल्लाकोको दक्षिणी भागमा पानीको लागि किसानहरु तपस्या गरेको जस्तै भएको छ। यति दिन बिती सकेको भए तापनि के कारण कुन समस्याले पानी दिएनन् भनी किसानहरूले आक्रोशित भएका छन् । विगत वर्षमा नारायणी सिंचाई कार्यालय प्रमुख अर्को भएको हुनले समयमा नै पानी दिएको किसानहरुले स्मरण गरी रहेको छ। आखिर के आधारमा नारायणी सिंचाई कार्यालय प्रमुख मनोज कुमार पटेलले किसानको मार्का नबुझी अटेरी गरिरहे को बारा एक किसानले बताए। खरेरी परीरहेको अवस्थामा किसानहरुको समस्या समाधान गर्नुको सट्टा चुनौती नै दिइरहेको रौतहटका किसान शेख अजादले गुनासो गरेका छन्। नारायणी सिंचाई कार्यालय को सूचना अधिकारी इन्जिनियर संग सोध्दा उनले भारत पक्षको दोष दिँदै आइरहेका छन्। के यो रौतहट बारा जिल्ला को विधायक र माननीय ज्यूहरु किन मौन बसी रहेको एक पिडित किसान प्रश्न गर्दछन। जन निर्वाचित नेताहरु समय मा किसानको आवाज उठाउनुको सट्टा मौन बसी रहेको छ? के यो किसानहरु को आवाज उठाउने कोई जन निर्वाचित नेताहरु छैन कि? आखिर किन विभेद पूर्ण काममा लिप्त छन् कार्यालय प्रमुख मनोज पटेल ? विगत वर्षमा त्यही नारायणी नदीको ब्यारेक बाट गण्डक नहरमा सजिलै संग पानीको आपूर्ति सहज रुपले भएको थियो।यस कार्यबाट अस्पष्ट हुँदो रहेछ प्रमुखलाई निलम्बित गरी आवश्यक कार्यवाही हुनु पर्ने केही खास विशेषको फोन सम्पर्क गर्नु आम किसान हरु को फोन रिसीव गैर जिम्मेवारीपूर्ण कार्यमा रहेको बुझिन्छ । किसानहरुको आवाज समयमा सुन्नु भएन भन्ने कार्यालयमा गई पानी माग्ने रौतहट जिल्लाका किसानहरुको मांग रहेको छ।