प्रहरी बरिष्ठ नायब निरीक्षकको कमाइ धन्दा कायमै, माथिल्लो निकाय बर्गेनिङ्ग मै सिमित
शु.आ. सम्बाददाता
बारा, १२ साउन
नेपाल प्रहरी संगठनको नीति निर्देशन विपरित कार्य गर्ने प्रहरीलाइ कानुनी दायरामा लयाउने भाषण, भाषण मै सिमित भएको पाइन्छ । प्रहरी संगठनमा राम्रो पहुँच भए कै कारण उच्च अवधामा रहेका प्रहरी लाई कानूनी दायरामा ल्याउन त परै जाओस, नेताहरूको भाषण जस्तै सिमित भएको पाइएको छ।
बारा जिल्लाको इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत प्रहरी बरिष्ठ नायब निरीक्षक धन बहादुर श्रेष्ठ आफ्नो पद र पावरको दुरूपयोग गर्दै दिनहुँ जसो आम सर्वसाधारणलाई दुख दिनुको साथै लागू औषध कारोबारी सँगको सहकार्य बारे बारम्बार समाचार सम्प्रेषण भएपनी उच्च अवधाले नै ढाकछोप गर्ने गरेको रहस्य बाहिरिएको छ । केही दिन अगाडी लागू औषध गाँजा तस्करको सिण्डिकेट मिलेको बारे व्यापक चर्चाको बिषय बनेको छ । प्रहरी बरिष्ठ नायब निरीक्षक श्रेष्ठले गरेको काला कर्तुतको बिषयमा केही दिन अगाडी समाचार सम्प्रेषण भए पनी घुमुवा प्रहरीलाई कारबाही स्वरूप तानिएको तर श्रेष्ठलाई बचाउन खोजिएको प्रहरी श्रोत नै बताउछन ।
नेपाल भारत सीमाबाट अबैध रूपले आयत हुने मालसमान प्रहरी कै सहयोग र संरक्षणमा मकवानपुर लगायत मुलूक कै राजधानीसम्म पुग्ने गरेको सर्वबिधितै छ । जसमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रमुख सिधै संरक्षण गर्ने गरेको रहस्य खुलेको छ । केही दिन अगाडी मात्र चेकजाँचमा खटिएको प्रहरी टोलिले पिकअपमा लोड रहेको कपडा चेकजाँच गरिरहेको अवस्थामा प्रहरी बरिष्ठ नायब निरीक्षक धन बहादुर श्रेष्ठले छोडन आदेश गरेको घटना बाहिरिएको छ ।
चेकजाँच गर्न प्रहरीको अधिकार छ र हुनु पनी पर्छ तर चेकजाँचको लागि रोकिएको गाडी छोडन दवाब गरी छोडन आदेश दिनु भनेको मिलोमतो रहेको बारे प्रष्ट हुन्छ भन्दै प्रहरी श्रोत बताउछन । उनका अनुसार हाइवेमा सबै भन्दा बढी चेकजाँच हुने ठाउँको रूपमा अमलेखगञ्जलाई मानिन्छ । कारण हो सर्वसाधारणलाई दुःख दिएर भए पनी आर्थिक संकलन । माथिल्लो निकायसम्म भागबण्डा पुर्याउनु पर्छ, जसका कारण प्रहरी बरिष्ठ नायब निरीक्षक पनि साना दर्जाका प्रहरीलाई कडा रूपले चेकजाँच गर्न निर्देशन त दिनु हुन्छ तर मासिक नजराना स्वरूप आर्थिक बुझाएका कारोबारीको सवारी छुटाउन मुख नै छोडी छोडन निर्देशन दिनबाट पछि हटदैन्न, उनले भने ।
यस बिषयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजको ईन्चार्ज एवम् प्रहरी नायब निरीक्षक धनबहादुर श्रेष्ठसँग कुरा गर्दा बिरगंज लगायत अन्य ठाउँबाट अमलेखगंजसम्म आउँदा अन्य प्रहरी युनिट रहेका छन्। अमलेखगंजसम्म आई पुग्न सबै युनिटहरु मिल्नुपर्ने बताएका छन्। साथै ईलाका प्रहरी कार्यालय अमलेखगंज ईलाका प्रहरी कार्यालय सिमरा अन्तर्गत भएकोले आफु कतिको समानहरु पक्राउ गरीएको त्यहाँबाट बुझ्न सकिने जानकारी दिदैं जिल्लाबाट समेत जानकारी लिन सक्ने बताएका छन्।