मधेशसमाचार

मलखादको मुल्य बढी लिने सहकारी सँस्था खारेज गर्ने सुवर्ण गापा चेतावनी 

मलखादको मुल्य बढी लिने सहकारी सँस्था खारेज गर्ने सुवर्ण गापा चेतावनी

 

शु.आ. सम्बाददाता

 

कलैया , २३ कलैया

 

मधेश प्रदेश आकासे पानीको भरमा धान हुने गरेको सर्वविदितै रहेको। यस बर्ष समयमा पानी नपरेकोले साउनको पहिलो हप्तासम्म किसानहरुले दमकल र बिधुतिय मिटरको माध्यमबाट मात्र ६० प्रतिशतसम्म धान रोपाई गरेका थिए। समयमा पानी नपरेकोले मधेश प्रदेश सरकार सुख्खा प्रदेश नै घोषणा गरेका छन्।भने नेपाल सरकार मधेश प्रदेश सँकटग्रष्त गरेका छन्। तर साउनको दोस्रो हप्तामा पानी परेपछि किसानहरु हर्षित भई खेतमा धान रोपेका छन्।

 

धान रोपाई गरेको किसानहरुलाई मलखादको आवश्यक रहेको समयमा मलखादको हाहाकार भरहेको छ। नेपाल सरकारले कृषि सहकारी संस्था मार्फत अनुदानमा मलखाद किसानहरुलाई उपलब्ध गराउने गरेकोमा कृषि सहकारी संस्थाहरुले नै कालोबजारी गरी किसानहरुबाट महगोमा मलखाद बिक्रि बितरण गरीरहेको सर्वत्र गुनासो रहिरहेको छ।

 

त्यस्तै बाराको सुवर्ण गाउँपालिकामा बिहिबार किसानहरुले कृषि सहकारी संस्थाहरुले मलखादको मुल्य बढी लिएको गुनासो गरेका छन्। गाउँपालिका अध्यक्ष राजेश यादव र उपाअध्यक्ष पुनम कुमारीले किसानहरुको गुनासोको सम्बोधन गर्दै गाउँपालिका भित्र रहेका कृषि सहकारी संस्थाले मलखाद तोकेको मुल्य भन्दा बढि मुल्य लिएको पाईएमा उक्त कृषि सहकारी संस्था खारेज गर्ने बताएका छन्। भने गाउँपालिका युरिया मल ५० केजिको मुल्य अनुदानमा ९ सय ७५ र डिएपी मलको ५० केजिको मुल्य दुई हजार चार सय ७५ रुपैया सार्वजनिक गरेको छ। उक्त मुल्य भन्दा बढी मुल्य कुनै कृषि सहकारी सँस्था लिएको भए प्रमाण सहित उपाध्यक्ष पुनम कुमारीको मोवाईल नम्बर ९८५५०४५५४३ मा सम्पर्क गर्न सम्पुर्ण किसानहरुलाई आग्रह गरीएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button