मधेशसमाचार

बिश्वमा कहि नभएको बहुविवाह ऐन ल्याउनु गलत: समाजसेवी एवम् न्यायाधिवक्ता डा.साह

बिश्वमा कहि नभएको बहुविवाह ऐन ल्याउनु गलत: समाजसेवी एवम् न्यायाधिवक्ता डा.साह

 

शु.आ. सम्बाददाता

 

कलैया , २३ साउन

 

 

बिश्वमा कहि नभएको बहुविवाह ऐन नेपालमा ल्याउनु गलत भएको समाजसेवी एवम् न्यायाधिवक्ता डाक्टर शुशिल कुमार साहले बताएका छन्। डाक्टर साहले बिश्वमा एक सय ९८ देशमा बहुविवाह गर्ने ऐन नरहेको बताउदै नेपालको कानुन मन्त्रालयले तयार पारेको बहुविवाह गर्ने पाउने मस्यौदा गलत भएको दाबी गरेका छन्। जसको विरोध बिभिन्न मेडियाहरु सहित महिला अधिकार कर्मीले गरीरहेका छन्।

 

नेपाल सरकारको बहुविवाह मस्यौदामा शर्त सहितको बहुविवाह गर्ने पाउने ऐन ल्याउन लागेको छ। शर्तमा कुनै बिवाहित पुरुषले अन्य महिलालाई गर्भवती बनाएको खण्डमा बालअधिकार सँरक्षण गर्न बहुविवाह गर्न पाउने मस्यौदामा तयार गरेको छ। त्यो सरासर गलत हो। कुनै विवाहित पुरुषले अन्य महिलासँग अनैतिक सम्बन्ध राखेको खण्डमा पुरुषलाई दण्ड सजाय दिनुपर्छ। साथै उक्त पुरुषको सम्पत्तिबाट उक्त बालकलाई अँश दिनुको साटो दुई वटा श्रिमती राख्न पाउनु गलत नै रहेको छ। नेपालमा ५१ प्रतिशत महिला रहेकी छिन्। महिलाले पनि आफु दुई वटा श्रीमान राख्न नपाउने अनि पुरुषले दुई वटा श्रिमती राख्न पाउने कहाँ कानुन रहेको छ। द्वापरयुगमा समेत कलयुगमा एक नारी ब्रह्मचारी भनि उल्लेख गरीएको छ।

 

अहिले हामी २१ औ शताब्दीको एआई युगमा रहेका छौ। यसमा नेपाल सरकारले दुई महिलासँग बहुविवाह गर्ने पाउने ऐन ल्याउनु आफैमा विवादित विषय रहेको छ। नेपालको मुलकी आचार संहिता दफा १७५ मा समेत बहुविवाहको ब्याख्या गरीएको छ। त्यसमा कुनै पनि विवाहित पुरुषले अन्य महिलासँग विवाह गर्नु हुदैन। यदि बिवाहित पुरुषले अन्य महिलासँग विवाह गरेको छ भने एक बर्ष देखि ५ बर्षको जेल सजाय वा ५० हजारसम्म जरिवाना हुन सक्ने उल्लेख गरेको छ। साथै पछिल्लो बिवाह बदर हुन सक्ने अवस्था उक्त दफामा रहेको छ।

 

यसरी नेपाल सरकारले यस्तो किसिमको मस्यौदा पारित गरी ऐन ल्याएमा ऐन ल्याउने मन्त्री समेत माथि मुद्दा दर्ता हुने भएकोले समयमा नै सचेत हुन समेत समाजसेवी एवम् न्यायाधिवक्ता डाक्टर साहले आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button