नगरप्रमुख जयस्वार सत्ताको नशामा हैकमबादी गर्दै 

43

नगरप्रमुख जयस्वार सत्ताको नशामा हैकमबादी गर्दै

 

शु.आ. सम्बाददाता

 

कलैया , २३ साउन

 

बाराको सबैभन्दा सानो स्थानीय तह पचरौता नगरपालिका नगर प्रमुख जालन्धर सिंह जयस्वार सत्ताको नशामा हैकमबादी गर्दै गरेको आरोप लाग्न थालेको छ। नगरप्रमुख जयस्वार २०७९ को दोस्रो स्थानिय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट नगरप्रमुखमा निर्वाचित भएका छन्। नगरप्रमुखमा निर्वाचित भएसँगै नगरप्रमुख नगरपालिकाको स्थानिय जनता र नेकपा एमाले पार्टीको अन्य कार्यकर्तालाई काखा लगाउदै आफ्नो नातामा पर्ने भाई पटिदारलाई नगरपालिकाको बिभिन्न शाखामा लगाएको सर्वविदितै छ। समय बित्दै जाँदा नगरप्रमुख जयस्वार सत्ताको नशामा हैकमबादी गरीरहेको केहि दिन पहिला आक्रोशित बनेका स्थानीयले नगरप्रमुख जलांधर सिंह जयस्वार र नगरपालिकाको प्रवक्ता एवम् वडा नं ५ को वडा अध्यक्ष लक्ष्मी यादवमाथि हातपात नै गरेको भिडियो नै सार्वजनिक भएको थियो।

 

त्यस्तै नगरप्रमुख जयस्वारले २०८१ साल पौष ८ गते जिल्ला प्रहरी कार्यालय बारामा बिधुतिय अपराध सम्बन्धी मुद्दा यस दैनिकको प्रकाशक अनिल पाण्डेय र कार्यकारी सम्पादक उमेश दुवे सहित स्थानिय ७ जनामाथि मुद्दा दर्ता गराएका थिए। उक्त मुद्दा दर्ता भएसँगै जिल्ला अदालतमा विचाराधीन रहेको छ। सोहि मुद्दाको साक्षी बकसपत्रमा नगरप्रमुख जयस्वार सहित कुनै पनि साक्षी उपस्थित भएका थिएनन्। जिल्ला अदालतले उक्त मुद्दालाई पेसी चढाई साउन २२ गते सरकारी साक्षीको आदेश गरेको थियो।

 

बिहिबार नगरप्रमुख जयस्वार साक्षी सहित जिल्ला अदालतमा उपस्थित भई आफ्नो हैकमबादीको समेत प्रदर्शन गरेका छन्। नगरप्रमुख जयस्वारले आफ्नो ब्यानमा यस दैनिकको कार्यकारी सम्पादक उमेश दुवे आफ्नो फोटो सहित मेरो नाम नै किटानी गरी समाजिक सञ्जाल फेसबुकमा तथानाम लेखेकोले कुनै किसिमले सजाय माफी नगरी कडा भन्दा कडा सजाय हुनु पर्ने माग गरेका छन्। जबकि प्रकाशन पाण्डेय र कार्यकारी सम्पादक दुबेको न्यायाधिवक्ता डाक्टर शुशिल कुमार साहले तपाईले जाहेरीमा प्रतिवादी बनाएका हरु मध्ये कुन प्रतिवादीले कुन किसिमको कसुर गरेको भन्दै प्रश्नमा जाहेरीमा उल्लेख गरीएसँगै प्रिन्ट आउट राखिएको बताउदै हेर्नुहोला भनि आदेश गरेका छन्। यसरी नगरप्रमुख जयस्वार अदालतमा दिएको जवाफमा हेर्नुहोला , हेर्दा हुन्छ भनि आदेश दिनु सत्ताको नशा चढेको सजिलै अनुमान गर्न सकिन्छ।

 

साथै नगरप्रमुख जयस्वारले जाहेरी सँगै राखिएको पाण्डेय र दुबेको प्रिन्ट आउटमा न त पचरौता नगरपालिकाको नाम छ , न त नगरप्रमुख जयस्वारको नै नाम उल्लेख छ। अनि समाचार लेख्ने गरेको झुठो मुद्दा दर्ता गरी आफुहरुलाई दबाउन खोजेको आरोप समेत दुबेले लगाएका छन्।

Leave A Reply

Your email address will not be published.