मधेशसमाचार

जनमत पार्टीद्वारा कलैयामा ‘एक परिवार, एक विरुवा’ अभियान सुरु

जनमत पार्टीद्वारा कलैयामा ‘एक परिवार, एक विरुवा’ अभियान सुरु

कलैया, २३ साउन
जनमत पार्टीले बाराको कलैया उपमहानगरपालिकामा ‘एक परिवार, एक विरुवा – रुख रोपौं, पर्यावरण जोगाऔं’ अभियान सुरु गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा स्थानीय बासिन्दालाई निःशुल्क बिरुवा वितरण गर्दै अभियानको सुरुआत गरिएको छ।
पछिल्लो समय पानीको हाहाकार भएर सर्व सधारण खानेपानी देखि लिएर सिचाई गर्न सम्म निकै समस्या भोगिरहेको अवस्थामा जलवायु परिवर्तनमा बिरुवाले ठुलो सहयोग गर्ने भएको कुरालाई आत्मसाथ गरि जनमत पार्टीले अभियानको रुपमा नगरभरीलाई लक्षित गरि विरुवा रोप्ने अभियानको शुरुवात गरेका छन ।
जनमत पार्टी बारा इन्चार्ज शिवनाथ पटेलका अनुसार वातावरणीय सन्तुलन कायम राख्ने, हरित क्षेत्र विस्तार गर्ने र जलवायु परिवर्तनको असर कम गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। “हरेक परिवारले कम्तीमा एक विरुवा रोपेर यसको संरक्षण गर्ने जिम्मेवारी लिनुपर्छ,” उनले भने, “सानो प्रयास भए पनि दीर्घकालमा ठूलो परिवर्तन ल्याउन सक्छ।”
उनका अनुसार पहिलो चरणमा कलैया उपमहानगरपालिकाका विभिन्न वडामा हजारौं बिरुवा वितरण गरिनेछ। त्यसपछि यसलाई अन्य नगरपालिका र गाउँपालिकामा विस्तार गर्ने योजना रहेको छ।
कार्यक्रममा सहभागी स्थानीयले यस्तो पहलले समुदायमा हरियाली बढाउनुका साथै नयाँ पुस्तामा वातावरणप्रतिको चेतना जगाउने विश्वास व्यक्त गरेका छन्।
जनमत पार्टी कलैया उपमहानगरपालिका नगर समितिको अधयक्ष राजदेव ठाकुरको अध्यक्षतामा पार्टीका जिल्ला ईन्चार्ज शिवनाथ पटेल र नेताहरु सन्तोष पटेल, प्रमोद गुप्ता, पारस साह लगायतका नेताहरुले संयुक्त रुपमा अभियानको शुरुवात गरेका थिए । सो अवश्रमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साह, लोसपाका नेता डाक्टर कमरुल्लाह अंसारी, ओमप्रकाश चौधरी, लगायतको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button